तीन सीडीओको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् । नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठको मकवानपुरमा सरुवा भएको छ । यस्तै रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिम सरुवा  भएका  छन् । मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएको थियो […]

Feb 21, 2025 - 15:26
 0
तीन सीडीओको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् ।

नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठको मकवानपुरमा सरुवा भएको छ । यस्तै रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिम सरुवा  भएका  छन् ।

मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएको थियो ।  रौतहटमा भने कसैको निर्णय  नभएको मन्त्रालयले  बताइएको छ ।

मन्त्रालयका अनुसार तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register