बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी शुरु

झापा, २४ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको आज उद्घाटन गर्नुभएको छ । पूर्व राष्ट्रपति भण्डारीले विर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीको मोबाइलको एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश कमिटीको आयोजनामा तीन दिने प्रदर्शनी आजदेखि सुरु [...] The post बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी शुरु appeared first on Jhapa Online.

Jun 7, 2025 - 13:41
 0
बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी शुरु

झापा, २४ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको आज उद्घाटन गर्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले विर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीको मोबाइलको एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश कमिटीको आयोजनामा तीन दिने प्रदर्शनी आजदेखि सुरु भएको हो ।

विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश कमिटी अध्यक्ष गणेश पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी, विज्ञलगायत करिब १ हजार २ सय जनाको उपस्थिति थियो ।

प्रतियोगितात्मक सो प्रदर्शनीमा विद्यार्थीले बनाएका विज्ञानका सामग्री राखिएको छ । प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रदर्शनी आयोजनाका लागि ४४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

The post बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register