बिर्तामोडमा खुल्यो भूमि समस्या समाधान आयोगको शाखा कार्यालय

बिर्तामोड, २० चैत । बिर्तामोड नगरपालिकामा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन गरिएको छ । आज एक संक्षिप्त कार्यक्रमका विच कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर कार्यालय उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कुनै प्रलोभनमा नपरी आयोगको काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । राजनीतिक दलहरुले निर्बाचनको समयमा भूमिहिन हरुको [...] The post बिर्तामोडमा खुल्यो भूमि समस्या समाधान आयोगको शाखा कार्यालय appeared first on Jhapa Online.

Apr 2, 2025 - 16:25
 0
बिर्तामोडमा खुल्यो भूमि समस्या समाधान आयोगको शाखा कार्यालय

बिर्तामोड, २० चैत । बिर्तामोड नगरपालिकामा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन गरिएको छ । आज एक संक्षिप्त कार्यक्रमका विच कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर कार्यालय उद्घाटन गर्नु भयो ।

कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कुनै प्रलोभनमा नपरी आयोगको काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । राजनीतिक दलहरुले निर्बाचनको समयमा भूमिहिन हरुको समस्या समाधान गर्ने, धनिपुर्जा वितरण गर्ने लगायतका आश्वासन बाँढ्ने गरेको भएपनि सरकारमा पुगेपछि प्रतिवद्दता अनुसारका काम नगर्ने र अन्य विवादमा अल्झिने गरेकाकारण जनता पीडित नै रहेको गुनासो गर्नु भयो ।

यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बिर्तामोडमा करिब २६ सय वटा निवेदन दर्ता रहेको जानकारी दिनु भयो । उहाँले वास्तविक भूमिहिन सुकुम्वासीको पहिचान गरेर व्यवस्थापनको लागि नगरपालिकाले पहल गर्ने पनि बताउनु भयो ।

भूमि समस्या समाधान आयोग शाखा प्रमुखमा बिमल पोख्रेल, सर्भेक्षकमा शुशिल शिवाकोटी र अमिनमा प्रियका राउत गरी ३ जना रहनु भएको छ । कार्यालय उद्घाटनमा शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

The post बिर्तामोडमा खुल्यो भूमि समस्या समाधान आयोगको शाखा कार्यालय appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register