हेर्नुहोस् तपाईंको आजको राशीफल (२०८१ फागुन १० गते शनिबार)

मेष : कमजोर भएको अनुभूति हुनेछ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्न सक्छ। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। वृष : नयाँ कार्यको योजना बन्नेछ। काम गर्ने हौसला मिल्नेछ। सफल यात्राको योग छ। माया प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। साँझमा पैसा [...] The post हेर्नुहोस् तपाईंको आजको राशीफल (२०८१ फागुन १० गते शनिबार) appeared first on Jhapa Online.

Feb 22, 2025 - 00:18
 0
हेर्नुहोस् तपाईंको आजको राशीफल (२०८१ फागुन १० गते शनिबार)

मेष : कमजोर भएको अनुभूति हुनेछ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्न सक्छ। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ।

वृष : नयाँ कार्यको योजना बन्नेछ। काम गर्ने हौसला मिल्नेछ। सफल यात्राको योग छ। माया प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। साँझमा पैसा खर्च हुने र चोटपटकको भय छ, सचेत रहनुहोला।

मिथुन : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। विवाद र प्रतिस्पर्धामा राम्रो जित हासिल होला। पुनर्मिलनको योग रहेको छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

कर्कट : सांस्कृतिक कार्यमा सरिक भइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विलासी वस्तुको प्रयोग गरिनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै होला। व्यवसायका लागि यात्राको सम्भावना छ।

सिंह : सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ। समयमा होस्‌ नपुग्नाले महत्त्वपूर्ण काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छ। विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।

कन्या : पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ। सोचविचार गरी गरिएको कार्यले जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

तुला : सांस्कृतिक कार्यमा सरिक भइनेछ। सामाजसेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। कुनै कुराले मनमा शान्ति र खुसियाली छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक : स्वादिष्ट भोजन गर्न पाइनेछ। सजिलै अरूको मन जित्न सकिएला। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

धनु : काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। मायाप्रेममा धोका भई एकोहोरो प्रेमले सताउनेछ। मानसम्मान पाइन सक्छ। व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनुहोला।

मकर : घरपरिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। परिवारका सदस्यसँग रमाइलो भेटघाट हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग देखिन्छ।

कुम्भ : मनमा हर्षित र प्रसन्न रहनेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ।

मीन : सेवा गर्ने अवसर जुट्ला। सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले सहयोग गर्नेछन्। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

The post हेर्नुहोस् तपाईंको आजको राशीफल (२०८१ फागुन १० गते शनिबार) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register