६०२ प्यालेस्टिनीको बदलामा हमासले ६ इजरायली बन्दी रिहा गर्ने

काठमाडौं । इजरायलले रिहा गर्ने  ६०२ प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले शनिबार ६ जना इजरायली बन्दी रिहा गर्ने भएको छ  । रिहा हुनेमा हरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद रहेका छन् । हालसम्म इजरायलले १९ जना बन्धकहरूलाई फिर्ता पाइसकेको छ भने चार जनाको शव प्राप्त […]

Feb 22, 2025 - 03:05
 0
६०२ प्यालेस्टिनीको बदलामा हमासले ६ इजरायली बन्दी रिहा गर्ने

काठमाडौं । इजरायलले रिहा गर्ने  ६०२ प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले शनिबार ६ जना इजरायली बन्दी रिहा गर्ने भएको छ  ।

रिहा हुनेमा हरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद रहेका छन् ।

हालसम्म इजरायलले १९ जना बन्धकहरूलाई फिर्ता पाइसकेको छ भने चार जनाको शव प्राप्त गरेको छ । आगामी हप्तामा थप चार शव फिर्ता गर्ने हमासको तयारी रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार इजरायलले रिहा गर्ने  ६०२ प्यालेस्टिनी बन्दीहरूमा आजीवन कारावासको सजाय पाएका र लामो जेल सजाय भोगिरहेका र पुन पक्राउ परेका रहेका छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register