तस्वीरमा यस्तो देखियो विश्वकै सबैभन्दा प्रदूषित सहर बनिरहेको काठमाडौं
काठमाडौं । काठमाडौं आज (शुक्रबार) पनि विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने बिहीबारको भन्दा घटेको छ । यसैले काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग बिहीबारको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो । बिहीबार ३५२ रहेको एक्यूआई आज २३२ […]

काठमाडौं । काठमाडौं आज (शुक्रबार) पनि विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।
तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने बिहीबारको भन्दा घटेको छ ।
यसैले काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग बिहीबारको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो ।
बिहीबार ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ ।
हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ ।
वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान अनुरोध गरेको छ ।
तस्वीरहरू :
What's Your Reaction?






