शिरी बिबास भनिएको अर्को शव  हमासद्वारा रेडक्रसलाई हस्तान्तरण, इजरायलले थाल्यो अनुसन्धान

काठमाडौँ ।  हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ । इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको बताएका छन् । यसअघि हमासले बिहीबार इजरायललाई चार शव हस्तान्तरण गरेको थियो । तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको थियो […]

Feb 22, 2025 - 05:10
 0
शिरी बिबास भनिएको अर्को शव  हमासद्वारा रेडक्रसलाई हस्तान्तरण, इजरायलले थाल्यो अनुसन्धान

काठमाडौँ ।

 हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ । इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको बताएका छन् ।

यसअघि हमासले बिहीबार इजरायललाई चार शव हस्तान्तरण गरेको थियो । तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको थियो ।

अब फेरि एक पटक हमासले इजरायललाई नयाँ शव हस्तान्तरण गरेको बीबीसीले उल्लेख गरेको छ । 

हमासले अक्टोबर ७, २०२३ मा ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ४ वर्षीया एरियल र ९ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो ।

इजरायलको सेना आइडिएफले गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार, नोभेम्बर २०२३ मा आमासहित दुई बच्चालाई हमासले बर्बरतापूर्वक मारेको बताएको छ । यद्यपि, हमासले इजरायली बम विस्फोटमा बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको थियो । यस सम्बन्धमा, इजरायलले हमासलाई युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register