अष्ट्रेलियाले इङ्ल्याण्डलाई हराउँदा बनेकाे कीर्तिमान

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत शनिबार राति अष्ट्रेलियाले इङ्ल्याण्डलाई ५ विकेटले हराउँदा केही कीर्तिमान बनेका छन् । यी कीर्तिमान दुवै टोलीले बनाए । जसमध्ये अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमै सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको छ । यो महत्वपूर्ण कीर्तिमान रह्यो । पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा टस हारेर पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ८ […]

Feb 23, 2025 - 00:54
 0
अष्ट्रेलियाले इङ्ल्याण्डलाई हराउँदा बनेकाे कीर्तिमान

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत शनिबार राति अष्ट्रेलियाले इङ्ल्याण्डलाई ५ विकेटले हराउँदा केही कीर्तिमान बनेका छन् । यी कीर्तिमान दुवै टोलीले बनाए ।

जसमध्ये अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमै सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको छ । यो महत्वपूर्ण कीर्तिमान रह्यो ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा टस हारेर पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५१ रन बनाएको थियो । यो च्याम्पियन्स ट्रफी इतिहासकै सबैभन्दा ठूलो योगफल थियो ।

यस क्रममा ओपनर बेन डकेटले शतकीय पारी खेल्दै १४३ बलमा १६५ रन प्रहार गरेका थिए । तर उनले आफ्नो टोलीलाई जिताउन सकेनन् । यो पनि एउटा कुनै पनि खेलाडीका लागि खराब कीर्तिमान हो ।

यता जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य हासिल गर्दै नयाँ कीर्तिमान रच्यो ।

इङ्ल्याण्डले दिएको ३५२ रनको उच्च लक्ष्य अष्ट्रेलियाले १५ बल बाँकी रहँदै ५ विकेट गुमाएर पार गरेको हो ।

कङ्गारू टोलीका लागि जस इङ्लिसले शतकीय पारी खेले । अविजित रहेका उनले ८६ बलमा १२० रन बनाए । त्यसक्रममा उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

अष्ट्रेलियाको जितमा एलेक्स केरीले ६९ र ओपनर म्याथु सर्टले ६३ रनको योगदान गरे ।

च्याम्पियन्स ट्रफी : अष्ट्रेलियाले इङ्गल्याण्डलाई हरायो, इङ्लिसको अविजित १२० रन

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register