कर्णाली २०५ रनमा अलआउट, दीपेन्द्र र अर्जुनको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले लुम्बिनीलाई २०६ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४८.५ ओभरमा २०५ रन बनाएर अलआउट भएको हो । कर्णालीका लागि दीपेन्द्र रावत र अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । दीपेन्द्रले भने ८४ बलमा ९ चौका प्रहार गर्दै ६६ रन बनाए […]

Mar 20, 2025 - 06:57
 0
कर्णाली २०५ रनमा अलआउट, दीपेन्द्र र अर्जुनको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले लुम्बिनीलाई २०६ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४८.५ ओभरमा २०५ रन बनाएर अलआउट भएको हो ।

कर्णालीका लागि दीपेन्द्र रावत र अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । दीपेन्द्रले भने ८४ बलमा ९ चौका प्रहार गर्दै ६६ रन बनाए । अर्जुनले भने ८४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए ।

सुनील धमलाले १९, दिनेश अधिकारीले १६, निश्चल रावलले ११ र विपिन रावलले १० रन बनाए ।

लुम्बिनीका लागि रमेश कुर्मीले ३ विकेट लिए । विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले २–२ तथा देव खनालले १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register