काठमाडौंमा जेसीबीको ठक्करबाट बालिकाको मृत्यु
काठमाडौं । जेसीबीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीले सोही स्थानमा बस्ने ११ वर्षीया अनुषा तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसीबी […]

काठमाडौं । जेसीबीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीले सोही स्थानमा बस्ने ११ वर्षीया अनुषा तामाङलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






