प्युठानमा मृत फेला दम्पतिको हत्या भएको खुलासा

प्युठान । प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या भएको खुलेको छ ।  प्यूठानका प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ । ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय  श्रीमति हुकुमा परियार शनिबार घरमै मृत […]

Feb 23, 2025 - 07:05
 0
प्युठानमा मृत फेला दम्पतिको हत्या भएको खुलासा

प्युठान ।

प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या भएको खुलेको छ । 

प्यूठानका प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।

६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय  श्रीमति हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।  फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ । उनीहरुका चार छोराहरु भारतमा रहेको र  छोरीहरुको विवाह भइसकेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register