पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका–९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् […]

Apr 4, 2025 - 13:46
 0
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

 पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका–९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् । 

राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

 प्रहरीका अनुसार राजु र रोशनीलाई काठमाडौं महानगरपालिका–६ बौद्ध तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register