ओडीआईमा कोहलीको ५१औं शतक, १४ हजार रन पूरा
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार राति आफ्नो प्रमुख प्रतिद्वन्द्वी पाकिस्तानलाई हराउँदा भारतका लागि पूर्वकप्तान विराट कोहलीको योगदान उच्च रह्यो । उनले एकदिवसीय (ओडीआई) करिअरमा ५१औं शतक बनाएपछि भारतले पाकिस्तानलाई ४६ बल बाँकी छँदै ६ विकेटले सहजै हरायो । कोहलीले १११ बलमा अविजित १०० रन बनाए । यस क्रममा उनले ७ चौका प्रहार गरेका थिए […]

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार राति आफ्नो प्रमुख प्रतिद्वन्द्वी पाकिस्तानलाई हराउँदा भारतका लागि पूर्वकप्तान विराट कोहलीको योगदान उच्च रह्यो ।
उनले एकदिवसीय (ओडीआई) करिअरमा ५१औं शतक बनाएपछि भारतले पाकिस्तानलाई ४६ बल बाँकी छँदै ६ विकेटले सहजै हरायो ।
कोहलीले १११ बलमा अविजित १०० रन बनाए । यस क्रममा उनले ७ चौका प्रहार गरेका थिए ।
पाकिस्तानविरुद्धको यो खेलमा कोहलीले आफ्नो ओडीआई क्रिकेट करियरमा १४ हजार पूरा पनि गरेका छन् । यो उपलब्धि हासिल गन कोहली विश्वका तेस्रो र भारतका दोस्रो ब्याट्सम्यान हुन् ।
यद्यपि कोहलीले सबैभन्दा कम खेलमा यो उपलब्धि हासिल गरेका छन् । भारतकै सचिन तेन्दुलकरले १४ हजार रन पूरा गर्न ३५० इनिङ्स खेलेका छन् । तर कोहलीले केवल २८७ इनिङ्मास १४ हजार रन पूरा गरेका छन् ।
यस्तै कोहली ओडीआई खेलमा सबैभन्दा धेरै क्याच लिने भारतीय खेलाडी पनि बनेका छन् । उनले ओडीआई खेलमा १५७ क्याच पूरा गर्दै मोहम्मद अजहरुद्दीनलाई पछि पारेका हुन् ।
यो खेलअघि कोहलीको फर्ममाथि धेरै प्रश्न उठेका थिए । उनले त्यसको जवाफ दिएका छन् ।
प्रतियोगितामा लगातार दोस्रो खेल जितेपछि भारत सेमिफाइनल नजिक पुगेको छ ।
भारत सेमिफाइनल नजिक, पाकिस्तान पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल
What's Your Reaction?






