डब्ल्यूएचओले स्वास्थ्यमन्त्री पौडेललाई गर्‍यो पुरस्कृत

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाललाई पुरस्कृत गरेको छ । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महानिर्देशकको विशेष सम्मान अवार्ड प्राप्त गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको ७९औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य […]

May 19, 2025 - 13:06
 0
डब्ल्यूएचओले स्वास्थ्यमन्त्री पौडेललाई गर्‍यो पुरस्कृत

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाललाई पुरस्कृत गरेको छ ।

विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महानिर्देशकको विशेष सम्मान अवार्ड प्राप्त गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनको ७९औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई पुरस्कृत गरेका हुन् ।

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने सिलसिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पुरस्कृत गरिएको सङ्गठनले जनाएको छ ।

मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थासम्बन्धी निर्णय गरेका थिए । अब यो निर्णय कार्यान्वयनमा आउनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register