कश्मीरको पुंछमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एक भारतीय सैनिकको मृत्यु

काठमाडौं । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोली प्रहारबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ । बिहीबार बिहान भएको उक्त घटनामा परी मृत्यु हुनेमा दिनेशकुमार शर्मा रहेको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत दिएको छ । ‘पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौं,’ भारतीय सेनाले भनेको छ । मृतक […]

May 8, 2025 - 01:57
 0
कश्मीरको पुंछमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एक भारतीय सैनिकको मृत्यु

काठमाडौं । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोली प्रहारबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको उक्त घटनामा परी मृत्यु हुनेमा दिनेशकुमार शर्मा रहेको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत दिएको छ ।

‘पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौं,’ भारतीय सेनाले भनेको छ ।

मृतक प्रहरी जवान शर्मा हरियाणा निवासी रहेको बताइएको छ । यसैबीच, हरियाणाका मुख्यमन्त्री नायबसिंह सैनीले मृतक सैनिक जवानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यस घटनालाई लिएर भारतीय सेनाले भनेको छ, ‘पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लंघन गरेको छ ।’

भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार, सुनक भन्छन्– भारतीय आक्रमण जायज

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register