नेप्सेको सिइओका लागि दरखास्त आह्वान, ‘तलब तोके अनुसार, कमिसन मागे अनुसार !’

काठमाडौँ । रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओ पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार एक सूचना जारी गर्दै सिइओ नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । दरखास्त धितोपत्र बजार नियमावली २०६४ को नियम १६ को (क) बमोजिम आह्वान गरिएको समितिले जनाएको छ ।  नेप्सेको सिइओ बन्न चाहने उम्मेदवारको […]

Feb 24, 2025 - 02:51
 0
नेप्सेको सिइओका लागि दरखास्त आह्वान, ‘तलब तोके अनुसार, कमिसन मागे अनुसार !’

काठमाडौँ । रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओ पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार एक सूचना जारी गर्दै सिइओ नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । दरखास्त धितोपत्र बजार नियमावली २०६४ को नियम १६ को (क) बमोजिम आह्वान गरिएको समितिले जनाएको छ । 

नेप्सेको सिइओ बन्न चाहने उम्मेदवारको योग्यता अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । 

त्यस्तै, पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 

नेप्सेको सिइओका लागि उम्मेदवारी दिँदा आवेदनसहित दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ । आवेदन दस्तुर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । सो रकम राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा बुझाएको भौचर पनि आवेदनसँगै पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

नेप्सेका तत्कालीन सिइओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिएसँगै नेप्से सिइओविहीन छ । यता नेप्सेको सिइओका लागि दरखास्त आह्वान गरिएसँगै बजारमा कमिसनको चर्चा पनि सुरु भएको छ । ‘आज दरखास्त आह्वान भयो, ठिकै भयो ।’, नेप्सेकै एक कर्मचारीले भने, ‘सूचनामा पारिश्रमिक तोके अनुसार भनिएको छ तर सिइओ बन्न कमिसन मागे अनुसार हुनेवाला छ । यस्तो छ सूचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register