अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागको आग्रह 

काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ । विभागले एक सूचना जारी गर्दै अवैधानिक प्रक्रियाबाट नेपालीहरुलाई बेलायत नजान सचेत गराएको हो ।  मौसमी कामदार पठाउने भन्दै रकम उठाउने र अलपत्र पार्ने गरेको गुनासो बढेपछि अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको विभागले जनाएको छ ।  सोही सूचनामार्फत विभागले हाल सरकारले बेलायतमा […]

Feb 24, 2025 - 03:18
 0
अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागको आग्रह 

काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ । विभागले एक सूचना जारी गर्दै अवैधानिक प्रक्रियाबाट नेपालीहरुलाई बेलायत नजान सचेत गराएको हो । 

मौसमी कामदार पठाउने भन्दै रकम उठाउने र अलपत्र पार्ने गरेको गुनासो बढेपछि अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको विभागले जनाएको छ । 

सोही सूचनामार्फत विभागले हाल सरकारले बेलायतमा मौसमी कामदार पठाउने विषयमा कुनै पनि नीतिगत निर्णय नगरेको समेत सूचनामा उल्लेख गरेको छ । 

विभागले मौसमी कामदार पठाउने भन्दै कुनै पनि संस्था वा व्यक्तिसँग रकम लेनदेन नगर्न र अवैधानिक प्रक्रियाबाट जाने सोच वा योजना नबनाउन समेत अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register