बङ्गलादेशको एअर बेसमा अधिकारी र स्थानीयबीच झडप, एक जनाको मृत्यु
काठमाडौं । बङ्गलादेशको कक्स बजारस्थित वायुसेना अड्डामा अधिकारी र स्थानीयबीच झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको बीबीसी बङ्गलाले जनाएको छ । अहिले वायुसेनाले परिस्थिति नियन्त्रण गर्न आवश्यक कदम चालिरहेको छ। इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सकी निर्देशक आयशा सिद्दिकीले दिउँसो १२ बजे झडप भएको बताइन् । मिडिया रिपोर्टका अनुसार झडपमा धेरै जना घाइते पनि भएका […]

काठमाडौं । बङ्गलादेशको कक्स बजारस्थित वायुसेना अड्डामा अधिकारी र स्थानीयबीच झडप भएको छ ।
झडपमा एक जनाको मृत्यु भएको बीबीसी बङ्गलाले जनाएको छ । अहिले वायुसेनाले परिस्थिति नियन्त्रण गर्न आवश्यक कदम चालिरहेको छ।
इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सकी निर्देशक आयशा सिद्दिकीले दिउँसो १२ बजे झडप भएको बताइन् ।
मिडिया रिपोर्टका अनुसार झडपमा धेरै जना घाइते पनि भएका छन् । यो झडपको कारण भने स्पष्ट भएको छैन। दुवै पक्षलाई सोधपुछ गरेपछि कारण थाहा हुने सिद्दिकीले बताइन् ।
कक्स बजार प्रहरीकाअनुसार झडपका क्रममा गोलीबारी पनि भएको थियो । स्थानीय व्यापारी शिहाब कबीरको गोली लागेर मृत्यु भएको छ । यसपछि सुरक्षा बलले कसैलाई पनि घटनास्थलमा जान दिइरहेका छैनन्।
What's Your Reaction?






