झापाको बिर्तामोडमा प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

बिर्तामोड, १२ फागुन। झापाको बिर्तामोडमा ‘प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत २९ र ३० गते कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने आज (सोमवार) बिर्तामोडमा पत्रकार सम्मेलनको गरी जानकारी दिइएको हो । प्रतियोगितामा सात वटा प्रदेशबाट एक हजार पाँच सय बढी खेलाडी, एक [...] The post झापाको बिर्तामोडमा प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने appeared first on Jhapa Online.

Feb 24, 2025 - 12:02
 0
झापाको बिर्तामोडमा प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

बिर्तामोड, १२ फागुन। झापाको बिर्तामोडमा ‘प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत २९ र ३० गते कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने आज (सोमवार) बिर्तामोडमा पत्रकार सम्मेलनको गरी जानकारी दिइएको हो ।

प्रतियोगितामा सात वटा प्रदेशबाट एक हजार पाँच सय बढी खेलाडी, एक सय अफिसियल निर्णायकहरु र अन्य गरी दुई हजार भन्दा बढीको सहभागिता फिट स्टुडियोका संस्थापक दिपेन धिमालले जानकारी गराए ।

तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्ने प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । पछिल्लो समय अधिकांश युवा लागूऔषधको दलदलमा फसिरहेको र उनीहरुलाई खेलका माध्यमबाट सही मार्गमा डो¥याउन सहयोग लक्ष्य लिइएको अध्यक्ष धिमालले बताए ।

प्रतियोगितामार्फत खेलकुदका क्षेत्रसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजक समितिको अपेक्षा छ । प्रतियोगितामा सहभागीताका लागि झापा आउँदा यहाँको खेलकुदसंगै, धार्मिक र ऐतिहासिकस्थल एवम् व्यापारिक क्षेत्रको पनि प्रवद्र्धन हुने आयोजक समितिले विश्वास लिएको छ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ आठ वटा तौल समूहमा खुल्ला तेक्वान्दो प्रतियोगिता हुनेछ । तीनवटा उमेर समूहमा हुने पुम्से प्रतियोगिता अन्तरगत तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै पुम्सेतर्फ महिला–पुरुष दुवैको १० वर्षभन्दा कम, १२ वर्षभन्दा कम र १४ वर्षमाथि उमेर समूहको प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले आकर्षक मेडल तथा प्रमाणपत्र पाउनेछन् भने बेस्ट फाइटर एक–एक जना महिला–पुरुषले रु। २०–२० हजार नगद पुरस्कार समेत प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा २० जना राष्ट्रिय तथा २० अन्तर्राष्ट्रिस्तरका निर्णायक (रेफ्री) रहने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । स्थानीय सरकार, प्रदेश सरकार र खेलप्रेती सहयोगी दाताको सहयोगले प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष धिमालले बताए ।

पत्रकार सम्मेलनमा बक्सिङसंघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, झापा गोल्डकपमा निर्वतमान अध्यक्ष विनोद वस्नेत, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडमा निर्वतमान अध्यक्ष सजेश शिवाकोटी, लगायतको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण संचारकर्मी केशव भट्टराईले गरेका थिए ।

The post झापाको बिर्तामोडमा प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register