झापाको अर्जुनधारामा डुबेर दुई बालकको मृत्यु

झापा, २४ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित पोखरीमा डुबेर आज बिहान दुई जना बालकको आज मृत्यु भएको छ । अर्जुनधारा–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा डुबेर तेह्रथुम जिरीखिम्तीका १० वर्षीय बालक महसुस गुरुङ र अर्जुनधारा–११ का सुजल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खड्काले जानकारी [...] The post झापाको अर्जुनधारामा डुबेर दुई बालकको मृत्यु appeared first on Jhapa Online.

Jun 7, 2025 - 05:44
 0
झापाको अर्जुनधारामा डुबेर दुई बालकको मृत्यु

झापा, २४ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित पोखरीमा डुबेर आज बिहान दुई जना बालकको आज मृत्यु भएको छ ।

अर्जुनधारा–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा डुबेर तेह्रथुम जिरीखिम्तीका १० वर्षीय बालक महसुस गुरुङ र अर्जुनधारा–११ का सुजल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खड्काले जानकारी दिनुभयो ।

अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएकी तेह्रथुम जिरीखिम्ती धनमाया गुरुङका महसुस र अर्जुनधारा–११ मुना गुरुङका छोरा सुजल पौडी खेल्ने क्रममा पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयबासीले देखेर उद्धार गरेका थिए । उनीहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याइएकोमा अस्पतालका चिकित्सकले उनीहरु दुबै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post झापाको अर्जुनधारामा डुबेर दुई बालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register