नेपाल बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो । यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध  भ्रष्टाचार मुद्दा दायर […]

Feb 24, 2025 - 16:22
 0
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएसँगै सिलवाल  निलम्बन भएपछि प्राधिकरणको अध्यक्ष पद रिक्त थियो ।

बीमा प्राधिकरण जीवन बीमा, निर्जिबन बीमा र लघु बीमा कम्पनीहरुको नियमन गर्ने निकाय हो  ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register