क्यान्सरको कारण बन्दैछ भेप
काठमाडौं । ई–सिगरेट कुनै पनि तरिकाले स्वास्थ्यको लागि फाइदाजनक छैन । चुरोटको लत मानिसलाई क्यान्सरको सङ्घारमा पुर्याइरहेको छ । जबकि अहिलेको समयमा ई–सिगरेटको चलन बढेको छ । जसलाई भेपको नामबाट पनि चिन्छन् । यदि तपाईं पनि ई–सिगरेट सेवन गर्नुहुन्छ भने सावधान हुनुहोस्, यसको लतले शरीरमा ठूलो नोक्सान पुर्याउँछ । मुटुको लागि निकै हानिकारक ई–सिगरेट मुटुको […]

काठमाडौं । ई–सिगरेट कुनै पनि तरिकाले स्वास्थ्यको लागि फाइदाजनक छैन । चुरोटको लत मानिसलाई क्यान्सरको सङ्घारमा पुर्याइरहेको छ । जबकि अहिलेको समयमा ई–सिगरेटको चलन बढेको छ । जसलाई भेपको नामबाट पनि चिन्छन् ।
यदि तपाईं पनि ई–सिगरेट सेवन गर्नुहुन्छ भने सावधान हुनुहोस्, यसको लतले शरीरमा ठूलो नोक्सान पुर्याउँछ ।
मुटुको लागि निकै हानिकारक
ई–सिगरेट मुटुको लागि निकै हानिकारक साबित भइरहेको छ । यसले निरन्तर तपाईंको मुटुको धड्कनलाई कमजोर बनाइरहेको छ । भेपिङले फोक्सोका रोगहरू र दमको जोखिम बढ्दै छ । डाक्टरकाअनुसार भेपिङ गर्नाले मुटुका धमनीहरू कडा हुन सक्छन् । जसले स्ट्रोकको जोखिम बढाउँछ ।
दिमाग कमजोर
भेपिङ गर्नाले मुटुमा मात्र होइन, दिमागमा पनि यसको नराम्रो प्रभाव परिरहेको छ । विशेषज्ञका अनुसार भेपिङ गर्नाले दिमागमा यसको नराम्रो असर परिरहेको छ । भेपिङको लतमा परेका मानिसहरूको दिमागको ती भागहरूमा नोक्सान पुग्न सक्छ जसले ध्यान, सिक्ने, मूड र रिसलाई नियन्त्रण गर्छन् । कम उमेरकालाई त यसले अझैँ बढी असर पर्छ ।
लत छोड्न गाह्रो
भेपिङको लत एकपटक परेपछि यसलाई छोड्न धेरै गाह्रो हुन्छ । डाक्टरहरूको मान्यता छ कि भेपिङबाट टाढा रहनु नै यसबाट बच्ने उपाय हो । भेपिङमा भएको निकोटिन एउटा यस्तो औषधि हो जसको लत धेरै सजिलै त लाग्छ तर त्यसपछि यो छिट्टै छुट्दैन ।
बन्दैछ क्यान्सरको कारण
भेपिङ क्यान्सरको कारण बन्दैछ । ई–सिगरेटमा भएका रसायनहरू क्यान्सरको कारण बन्दैछन् । यसमा पाइने फर्मालडिहाइड एक प्रकारको रसायन हो । यो रसायन मृत शरीरलाई संरक्षण गर्न प्रयोग गरिन्छ । अर्थात् यस रसायनको मद्दतले मृत शरीरलाई संरक्षण गरेर शव गृहमा राखिन्छ ताकि मृत शरीरको पहिचान हुन सकोस् र तिनीहरूलाई कुहिन वा सड्नबाट बचाउन सकियोस् ।
What's Your Reaction?






