बेलायतका बाग्लुङ्गेहरुले चुने नयां नेतृत्व, अध्यक्ष खड्क थापा

लन्डन  । बाग्लुङगे समाज यूकेको छैटौं अधिवेशनले खड्क थापाको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । फार्नबरोस्थित कम्युनिटी हलमा २२ फेब्रुअरीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा गुमानसिंह थापा, महासचिवमा जीत पुन, सचिवमा राजु बोहोरा, कोषाध्यक्षमा लक्षुमन पुन र सह-कोषाध्यक्षमा जीत काउछालाई चुनेको हो । महिला संयोजक गोमा रिजाल, महिला सह-संयोजक चन्द्रकला पुन, सांस्कृतिक सचिव लक्षु […]

Feb 24, 2025 - 18:42
 0
बेलायतका बाग्लुङ्गेहरुले चुने नयां नेतृत्व, अध्यक्ष खड्क थापा

लन्डन  । बाग्लुङगे समाज यूकेको छैटौं अधिवेशनले खड्क थापाको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । फार्नबरोस्थित कम्युनिटी हलमा २२ फेब्रुअरीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा गुमानसिंह थापा, महासचिवमा जीत पुन, सचिवमा राजु बोहोरा, कोषाध्यक्षमा लक्षुमन पुन र सह-कोषाध्यक्षमा जीत काउछालाई चुनेको हो ।

महिला संयोजक गोमा रिजाल, महिला सह-संयोजक चन्द्रकला पुन, सांस्कृतिक सचिव लक्षु राना, सांस्कृतिक सह-सचिव पराम छन्त्याललाई चयन गरिएको छ । यसैगरी मिडिया सचिवमा विशन थापा र मिडिया सह-सचिवमा कृष्ण शर्मा छन् । सदस्यहरुमा आशा पुन, सीता थापा, सुरेश कुमार घर्ती, रन गुरुङ, तारा पुन, नरमाया पुन, देवी पुन र कृष्ण शर्मा छन् ।

यसैगरी वेबमास्टर नौमती बाजा, युवा संयोजक, खेलकुद संयोजकलगायतको जिम्मेवारी तोकिएको छ। निर्वाचन कमिटीले नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई निर्वाचन कमिटीले खादा तथा अविर लगाएर सम्मान गरेको थियो भने छवी पुनले गोपनीयताको सपथ गराएका थिए ।

तत्कालिन अध्यक्ष धन बुढाथोकी र सल्लाहकार श्रीमती छवीमाया पुनले पानसमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा वर्षभर दिवंगत भएकाहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । तत्कालिन वरिष्ठ उपाध्यक्ष खड्क थापाले स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष हिरा पुन, नौमती बाजा समूहका भिम थापा, मिडिया सेक्रेटरी विशन थापा र महासचिव सेर पुनले आ-आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तत्कालिन अध्यक्ष धन बुढाथोकीले आफ्नो तीनवर्षे कार्यकाल सफल पार्न योगदान पुर्याउने सम्पूर्ण कार्यसमिति, पदाधिकारी, सल्लाहकारलगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए ।

समाजको लागि महत्वपूर्ण योगदान पुर्याउने पूर्व अध्यक्ष छवी पुन, नौमती बाजा कोअर्डिनेटर भिम थापा र हिरा पार्टेललाई समाजका पूर्व अध्यक्षहरु दीपक काउछा, धन कुँवरले दोसल्ला ओढाएर सम्मान गरेका थिए । समाजको इमर्जेन्सी रिलिफ फण्ड यथावत राख्दै विभिन्न खालका समाजसेवा गर्दै जाने निर्णय गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register