छोटो कोर्समा प्रोफेसनल करियर- वुल्लीच लन्डन कलेजमा फुल्ली फन्डेड कोर्स पनि

लन्डन- नेपाल, क्यानडा र दुबईमा कयौं कलेज सञ्चालन गर्दै आएको नेपाली व्यवसायीहरुको समूह द कंडेल ग्रुपले लन्डनमा द वुलवीच कलेज लन्डन (टीडब्लुसी) शुरु गरेको छ । उक्त कलेजले बेलायतको प्रतिष्ठित ग्रीनवीच युनिभर्सिटीको सहकार्यमा हेल्थ एण्ड केयर, फार्मेसी, डेन्टल नर्सिङ जस्ता ‘फुल्ली फण्डेड’ आकर्षक कोर्स शुरु गरेको हो । टीडब्लुसीका निर्देशक नरेन्द्र कंडेलले बेलायतमै बस्ने विद्यार्थीहरुलाई […]

Jun 11, 2025 - 10:14
 0
छोटो कोर्समा प्रोफेसनल करियर- वुल्लीच लन्डन कलेजमा फुल्ली फन्डेड कोर्स पनि

लन्डन- नेपाल, क्यानडा र दुबईमा कयौं कलेज सञ्चालन गर्दै आएको नेपाली व्यवसायीहरुको समूह द कंडेल ग्रुपले लन्डनमा द वुलवीच कलेज लन्डन (टीडब्लुसी) शुरु गरेको छ ।

उक्त कलेजले बेलायतको प्रतिष्ठित ग्रीनवीच युनिभर्सिटीको सहकार्यमा हेल्थ एण्ड केयर, फार्मेसी, डेन्टल नर्सिङ जस्ता ‘फुल्ली फण्डेड’ आकर्षक कोर्स शुरु गरेको हो ।

टीडब्लुसीका निर्देशक नरेन्द्र कंडेलले बेलायतमै बस्ने विद्यार्थीहरुलाई लक्षित गरि कोर्ष सञ्चालन गरिएको, ग्रीनवीच युनीकै सिस्टम लागू र स्टुडेन्ट लोन समेत उपलब्ध हुने जानकारी दिए । जब मार्केटमा फिट हुने छोटो तर उपयोगी एवं आकर्षक कोर्ष शुरु गरिएको दि कंडेल ग्रुपको भनाइ छ ।

‘हेल्थ एण्ड सोसल केयरको डिग्री लिन तीन वर्ष हामीसंग र एक वर्ष टपअप ग्रीनवीच युनिभर्सिटीमा पढे हुन्छ’, निर्देशक कंडेलले भने, ‘इन्ट्री क्राइटेरिया सहज छ । जस्तो ए लेभल नभएकाले पनि अनुभवका आधारमा हेल्थ एण्ड केयर विषय पढ्न सक्छन् । पढाई वीकेन्ड एकदिन र बांकी दुई दिन केही घण्टा अनलाइनमार्फत पढ्ने हो ।’

केयर होममा म्यानेजरका लागि क्वालिफाइड बन्न यो कोर्ष निकै उपयोगी रहेको कंडेलले बताए । ‘अहिले हेल्थ केयर जब डिमाण्डिङ कोर्स छ । क्वालिफिकेसन नभए राम्रो तलव पाउन मुश्किल छ, तर पढेपछि तपाईंले गुड स्यालरी पाउन सक्नुहुन्छ’, कंडेल आश्वस्त पार्छन् ।

कलेजले सेप्टेम्बरबाट कम्प्युटिङ पनि शुरु गर्ने तयारी गरेको छ । कम्प्युटिङका लागि भने ए लेभल बराबरको 
कोर्स सकेको हुनुपर्छ । ‘कम्प्युटिङले ब्रोड टपिक कभर गर्छ । युनीमा सयौं विद्यार्थीमा त्यसै हराइन्छ, तर हाम्रोमा थोरै विद्यार्थीका कक्षा हुन्छ र पर्सनल सपोर्ट दिएर हामी अध्ययन सफल बनाउंछौं’, कंडेलले भने ।

निर्देशक नरेन्द्र कंडेल

रेगुलर कोर्स पढ्न गारहो हुने जागिरे र पारिवारिक दायित्वमा बांधिएकालाई ‘फेक्जिबल’ हिसाबले पढाइने कंडेलले बताए ।

काम गरेरै पढ्न पाइने डेन्टल कोर्ष १८ महिनामा सकिने र फि जम्मा दुई हजार पाउण्ड जति लाग्ने कलेजले जनाएको छ ।

फार्मेसी अन्तर्गत फार्मेसी टेक्निसियन, काउन्टर असिस्टेन्ट र डिस्पेन्सिङ कोर्षमा पनि भर्ना खुलेको कलेजले जनाएको छ । यो कोर्ष पढेर क्वालिफाइड भए राम्रो फ्रोफेशनमा जान पाइने निर्देशक कंडेल बताउंछन् ।

आफूहरु २० औं वर्षदेखि नेपाली समुदायसंग धेरै नजिक भएर काम गरेको बताउंदै कंडेलले शैक्षिक योग्यता कम भएका, जागिर र बालबच्चाका कारण पढ्न समय व्यवस्थापन गर्न नसकेकालाई लोन समेत उपलब्ध गराएर सपोर्ट गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register