कुलमानलाई हटाए सरकार छोड्ने काँग्रेसी चेतावनीपछि ब्याक हट्यो सरकार, उर्जामन्त्रीको प्रयास खेर ! 

काठमाडौँ । सरकार नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने तयारीबाट ‘ब्याक’ हटेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने र सोही बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने तयारी गरेको सरकार अन्ततः सो तयारीबाट ‘ब्याक’ हटेको हो ।  डेडिकेटेड तथा ट्रंक लाइन विवादपछि कुलमानबाट चिढिएका उर्जामन्त्री दीपक खड्काले घिसिङलाई प्राधिकरणबाट हटाउन यसअघिदेखि नै कसरत गर्दै आएका […]

Feb 25, 2025 - 03:46
 0
कुलमानलाई हटाए सरकार छोड्ने काँग्रेसी चेतावनीपछि ब्याक हट्यो सरकार, उर्जामन्त्रीको प्रयास खेर ! 

काठमाडौँ । सरकार नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने तयारीबाट ‘ब्याक’ हटेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने र सोही बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने तयारी गरेको सरकार अन्ततः सो तयारीबाट ‘ब्याक’ हटेको हो । 

डेडिकेटेड तथा ट्रंक लाइन विवादपछि कुलमानबाट चिढिएका उर्जामन्त्री दीपक खड्काले घिसिङलाई प्राधिकरणबाट हटाउन यसअघिदेखि नै कसरत गर्दै आएका थिए । 

सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि उर्जामन्त्री खड्काले नै कुलमानलाई प्राधिकरणबाट हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेका थिए । तर, तत्काल कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाए सरकार छोड्ने काँगेसको चेतावनीपछि सरकार उक्त निर्णयबाट ब्याक हटेको एक मन्त्रीले बताएका छन् । 

‘उर्जामन्त्री ज्यूले कुलमानलाई प्राधिकरणबाट हटाउने प्रस्ताव बैठकमा पेस गर्ने तयारी गर्नुभएको थियो । सरकार पनि कुलमानलाई प्राधिकरणबाट हटाउने पक्षमा थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती मन्त्रीले भने, ‘तर कुलमानलाई चलाए काँग्रेस बिच्किने देखेपछि सरकार ब्याक हटेको छ ।’  

यसो त काँग्रेसले कुलमानलाई प्राधिकरणबाट हटाउने सरकारको तयारीविरुद्ध यसअघि पनि फरक मत राखेको थियो । अघिल्लो मन्त्रिपरिषद् बैठकमा कुलमानलाई प्राधिकरणबाट हटाउने उर्जामन्त्रीको प्रस्तावमा गृहमन्त्री रमेश लेखकले अहिलेको स्थितिमा कुलमानलाई हटाउन ठिक नहुने भन्दै प्रस्तावको विरुद्धमा मत राखेपछि प्रस्ताव रोकिएको थियो । यसपटक पनि काँग्रेसी विरोध र चेतावनीपछि सरकार ब्याक हटेको छ भने उर्जामन्त्रीको प्रयास खेर गएको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली पनि सरकारलाई असहयोग गरेको भन्दै कुलमान हटाउने पक्षमा छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register