रिङ्कुको मृत्यु प्रकरण : पक्राउ परेका तीन जनामाथि पाँच दिनको म्याद थप

जनकपुरधाम । सिरहाकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको शङ्कास्पद मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनामाथि पाँच दिनको म्याद थप गरिएको छ । उनीहरूमाथि थप अनुसन्धानका लागि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको हो । स्थानीय चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासमाथि थप अनुसन्धानका लागि अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप गरी […]

Feb 25, 2025 - 03:49
 0
रिङ्कुको मृत्यु प्रकरण : पक्राउ परेका तीन जनामाथि पाँच दिनको म्याद थप

जनकपुरधाम । सिरहाकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको शङ्कास्पद मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनामाथि पाँच दिनको म्याद थप गरिएको छ ।

उनीहरूमाथि थप अनुसन्धानका लागि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको हो ।

स्थानीय चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासमाथि थप अनुसन्धानका लागि अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सिरहा प्रहरीले जनाएको छ ।

यस घटनाको अनुसन्धानका लागि प्रहरीले आइतबार थप चार जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एक जनाको संलग्नता नदेखिएपछि छाडिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

बलात्कार घटना सार्वजनिक भएपछि गाउँमा पञ्चायती गरेर आर्थिक लेनदेन गरी मिलापत्र गराउने काममा यी तीन जनाको पनि संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

तर, घटनाका मुख्य आरोपीहरू भने अझै फरार रहेका छन् ।

सामूहिक बलात्कारको शिकार बनेकी नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिङ्कुको शकास्पद मृत्यु भएको थियो ।

घटना सार्वजनिक भएपछि प्रहरीले यसबारे अनुस्धान गरिरहेको छ । बलात्कारमा संलग्न तीन र पञ्चायती गरेर घटना गाउँमै मिलाउन खोज्ने पाँच गरी आठ जनाविरुद्ध पीडित परिवारले कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहनको पूरक जाहेरी दिएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register