तीन किशोरीमाथि सामुहिक बलात्कार, १८ जना पक्राउ

नयाँदिल्ली । भारतकाे खुन्ती जिल्लामा तीन किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा झारखण्ड प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।  भारतीय समाचार माध्यम अनुसार १२ देखि १७ वर्षका ती सबै १८ अभियुक्तलाई हिजो बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो । पाँचजना […]

Feb 25, 2025 - 03:39
 0
तीन किशोरीमाथि सामुहिक बलात्कार, १८ जना पक्राउ

नयाँदिल्ली ।

भारतकाे खुन्ती जिल्लामा तीन किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा झारखण्ड प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । 

भारतीय समाचार माध्यम अनुसार १२ देखि १७ वर्षका ती सबै १८ अभियुक्तलाई हिजो बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो । पाँचजना युवती घरबाट केही दूरीमा विवाह समारोहमा पुगेका थिए । सबै अभियुक्तहरू पनि त्यहाँ थिए। राति विवाह समारोहबाट पाँचजना युवती घरतर्फ निस्किएपछि अभियुक्तहरुले उनीहरुलाई पछ्याउन थाले । केटीहरूले घर जान खोला तर्नुपर्थ्यो। यसअघि पनि आरोपीले पाँच बालिकालाई समातेर नजिकैको जंगलमा लगेका थिए ।

तर, दुई युवतीहरू भने कुनै न कुनै रूपमा आरोपीको चंगुलबाट भागेर घर पुगे र उनीहरूले नै गाउँलेहरूलाई घटनाबारे जानकारी गराएका थिए। यसपछि गाउँले घटनास्थलमा पुगेपछि आरोपीहरू तीन किशोरी छाडेर भागेका थिए । घटनाबारे स्थानीयले आइतबार प्रहरीलाई खबर गरेका थिए । 

घटनापछि सबै आरोपीलाई पक्राउ गरिएको एसपी अमन कुमारले युवतीको बयान लिएर मुद्दा दर्ता गरी अभियुक्तलाई पक्राउ गरिएको बताए । शुक्रबार राति रानिया क्षेत्रमा विवाह समारोहमा सहभागी भएर घर फर्किंदै गर्दा उक्त घटना भएको खुन्तीका प्रहरी उपरीक्षक अमन कुमारले जानकारी दिएका छन् ।

परिवारका सदस्यले प्रहरीमा दिएको उजुरी अनुसार पाँच बालिकामध्ये तीन जना १२ देखि १६ वर्षका किशोरीलाई नावालिग किशोरहरूले सामुहिक बलात्कार गरेका थिए ।

एसपीले भने, ‘आइतबार रानिया प्रहरी चौकीमा उजुरी परेपछि यो घटना बाहिर आएको हो।’ उनका अनुसार प्रहरीले तुरुन्तै टोली गठन गरेको थियो, जसले सबै १८ आरोपीहरूलाई पक्राउ गर्न सफल भयो । एसपी कुमारले भने, “आरोपीहरूलाई सोमबार बालगृह पठाइएको छ, बालिकाहरुको जतिसक्दो चाँडो मेडिकल जाँच गरिने छ ।’ मंगलबारवाट मुद्दाको थप प्रकिया अगाडी बढनेछ । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register