गभर्नर सम्बन्धी विवादको रिट आज पनि हेर्न नभ्याइनेमा 

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्बन्धी विवादको रिट आज (सोमबार) पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिए पनि उक्त रिट हेर्न नभ्याइनेमा परेको हो । सरकारले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले […]

Apr 21, 2025 - 08:57
 0
गभर्नर सम्बन्धी विवादको रिट आज पनि हेर्न नभ्याइनेमा 

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्बन्धी विवादको रिट आज (सोमबार) पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिए पनि उक्त रिट हेर्न नभ्याइनेमा परेको हो ।

सरकारले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रोकीपाउन ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरी शुक्रबार पूरक रिट पेस गरेका थिए ।

सर्वोच्चमा दायर गरेको उक्त रिटमा बैशाख २ गते सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अल्पकालीन अन्तिम आदेश जारी गर्दै कारण देखाऊ र अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

छलफलसँगै सर्वोच्च अदालतले तत्कालका लागि संशोधित मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register