जग्गा खरीदका लागि आर्थिक संकलनमा जुट्यो बिर्तामोडको मदरसा तालिमुल कुरान आधारभूत विद्यालय

बिर्तामोड, १३ फागुन । झापा बिर्तामोड–३ स्थित धार्मिक विद्यालय मदरसा तालिमूल कुरान आधारभूत विद्यालय जग्गा खरीदका लागि आर्थिक संकलनमा जुटेको छ । बिर्तामोड–३ मा विद्यालय भवन निर्माणका लागि एक कठ्ठा ११ धुर जग्गा खरीद गरिसकिए पनि थप दुई कट्ठा तीन धुर जग्गा खरीदका लागि आर्थिक संकलनमा जुटेको हो । विद्यालय निर्माणका लागि चार कठ्ठा जग्गा [...] The post जग्गा खरीदका लागि आर्थिक संकलनमा जुट्यो बिर्तामोडको मदरसा तालिमुल कुरान आधारभूत विद्यालय appeared first on Jhapa Online.

Feb 25, 2025 - 13:39
 0
जग्गा खरीदका लागि आर्थिक संकलनमा जुट्यो बिर्तामोडको मदरसा तालिमुल कुरान आधारभूत विद्यालय

बिर्तामोड, १३ फागुन । झापा बिर्तामोड–३ स्थित धार्मिक विद्यालय मदरसा तालिमूल कुरान आधारभूत विद्यालय जग्गा खरीदका लागि आर्थिक संकलनमा जुटेको छ ।

बिर्तामोड–३ मा विद्यालय भवन निर्माणका लागि एक कठ्ठा ११ धुर जग्गा खरीद गरिसकिए पनि थप दुई कट्ठा तीन धुर जग्गा खरीदका लागि आर्थिक संकलनमा जुटेको हो । विद्यालय निर्माणका लागि चार कठ्ठा जग्गा खरीद गरिने छ भने जग्गा खरीद गरेको व्यक्तिबाट पाँच धुर जग्गा सहयोगस्वरुप प्राप्त भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको आर्थिक सहयोगले बाराबेरा र भवन निर्माण शुरु गरेको विद्यालयले आर्थिक अभावकै कारण पूरा जग्गा खरिद गर्न र भवन निर्माण गर्न नसकेको जनाएको छ ।

हाल एक कठ्ठा ११ धुर जग्गा मात्र बिद्यालयको नाममा पास भइसकेको र २ कठ्ठा ९ धुर जग्गा पास गर्न बाँकी रहेको बिद्यालयका अध्यक्ष अफरोज खानले जानकारी दिए । विद्यालयले आज निर्माणधिन उक्त बिद्यालय परिसरमै पत्रकार सम्मेलन गरेर मदरसाले गरेका कार्य र आगामी योजना सार्वजनिक गरेको छ । मदरसाले सञ्चालन गरेको सो बिद्यालयमा बाल विकासदेखि कक्षा–६ सम्म उर्दु, अरेबिक, अंग्रेजीसहित नेपाल सरकारले तोकेका पाठ्यक्रम अनुसार पाठ्यपुस्तक सामेल गरी अध्ययापन गराउँदै आएको अध्यक्ष खानले बताए ।

उनका अनुसार मदरसा बिद्यालयले धार्मिक तथा सामाजिक कार्य गर्दै आएको छ भने दाताहरुबाट प्राप्त ४२ लाख ४३ हजार ८३५ रुपैयाँ मध्ये मदरसाको नाममा ५०७.९० बर्गमिटर जग्गा करसहित ३८ लाख ३२ हजार ५०० रुपैयाँमा खरिद गरिएको छ । यस्तै बिद्यार्थीको सहजताका लागि ७ लाख रुपैयाँमा पुरानो बस खरिद, कोशी प्रदेश सरकारको सहयोगमा बाल विकास कक्षामा स्मार्ट बोर्ड र प्रोजेक्टरसहितको कक्षा सञ्चालन भएको छ ।

बिर्तामोड नगरपालिकाबाट प्राप्त १६ लाख रुपैयाँले जग्गाको पर्खाल अर्थात वाल निर्माण, कोशी प्रदेश सरकारबाट प्राप्त ४० लाख ३५ हजार ८९२ रुपैयाँबाट भुई तला भवन ढलान, यस आर्थिक बर्षमा बिर्तामोड नगरबाट शैक्षिक सामाग्री खरिदका लागि १० लाख योजनामा समावेश रहेको अध्यक्ष खानले जानकारी दिए ।

मदरसा बिद्यालय सञ्चालनका लागि संघीय सरकारले ५ लाख दिदै गरेपनि हाल ८ लाख, बिर्तामोड नगरबाट ७ लाख, कोशी प्रदेश सरकारबाट एक लाख ५० हजार, बिर्तामोड–३ वडा कार्यालयबाट एकलाख र अभिभावकबाट अनुमानित ६ लाख रुपैयाँ संकलन हुँदै आएको बताइएको छ ।

पत्रकार सम्मेलनमा मदरसाले आगामी योजनासमेत सार्वजनिक गरेको छ । मदरसा बिद्यालयले धार्मिक तथा सामाजिक कार्यलाई निरन्तरता दिने, मदरसामा कक्षा थप गरी कक्षा १२ सम्म अध्यापन गराउने, बिद्यालयमा छात्रावासको ब्यवस्था गर्ने, निःशुल्क शिक्षा दिने ब्यवस्था गर्ने, मदरसा बिद्यालयमा बिद्यार्थीहरुलाई पठनपाठनका लागि अभिभावकलाई प्रेरित गर्ने, मदरसाको नाममा पास हुन बाँकि २ कठ्ठा ९ धुर जग्गाका लागि आवश्यक रकम जुटाउन दाताहरुसँग सहयोग माग गर्ने आगामी योजनाहरु सार्वजनिक गरिएको छ ।

त्यसैगरी मदरसाको जग्गा खरिदका लागि आर्थिक सहयोग जुटाउन शिक्षा प्रेमी तथा समाजसेवी ब्यक्तित्वहरुलाई मदरसा बिद्यालयमा शिलालेख हुने गरी साधारण सदस्य ११ हजार, विशिष्ठ सदस्य २५ हजार, आजीवन सदस्य ५१ हजार र विशिष्ठ आजीवन सदस्य एक लाख वा सो भन्दा माथि संकलनका लागि पहल गरिने अध्यक्ष खानले बताएका छन् ।

साथै बिद्यालयको नाममा पास गर्न बाँकि २ कठ्ठा ९ धुर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ आवश्यक रहेको र त्यसका लागि समाजसेवी, शिक्षा प्रेमी देश तथा बिदेशमा रहेका दाताहरुसँग रु १००, रु २००, रु ५०० र रु १००० सहयोगका लागि मदरसा बिद्यालयले सवैमा आग्रह गरेको छ । सहयोग गर्न चाहने दाताहरुले एनआईसी एशिया बैंक बिर्ताबजारमा रहेको खाता नम्बर २४६४१५०१०८८४२००२ वा त्यस बैंकको क्यूआरमा पनि सहयोग गर्न सकिने बताइएको छ ।

बिद्यालयको निर्माणधिन भवन र बाँकि रहेको जग्गा खरिद गर्न अनुमानित एक करोड ७० लाख रुपैयाँ खर्च हुने भएकाले सवैले सहयोग गरिदिन बिद्यालयले आग्रह गरेको छ । हाल बिद्यालय सञ्चालन खर्च बार्षिक २६ लाख ५५ हजार ६०० रुपैयाँ लाग्ने भएपनि २३ लाख ५० हजार रुपैयाँ मात्र स्रोत जुटेको अध्यक्ष खानले बताए ।

हाल उक्त बिद्यालय बिर्तामोड नगरपालिका छेउमा रहेको मदरसामा सञ्चालन रहेको र त्यहाँ प्रे गर्न समस्या हुँदै गएको उनले बताए । झापामा यस्ता धार्मिक बिद्यालयलहरु ५१ वटा दर्ता भएपनि बिर्तामोड र झापा गाउँपालिकामा मात्र ब्यवस्थित तरिकाले सञ्चालन भएको अध्यक्ष खानले बताएका छन् । मदरसा बिद्यालयमा प्रधानाध्यापक, शिक्षक, कर्मचारी र सहयोगी सवै महिला रहेको नेपालको पहिलो नमुना मदरसा बिद्यालय भएको दावी गरिएको छ ।

हाल बिद्यालयमा ७३ जना छात्रा र ८१ जना छात्र गरी एक ५४ जना अध्ययनरत रहेको बिद्यालयकी प्रधानाध्यापक अन्जुम खातुनले बताइन् । उनका अनुसार बिद्यालयमा १२ जना शिक्षक र २ जना कर्मचारी मध्ये ६ जना मुस्लिम समुदायका छन् भने ६ जना अन्य समुदायका छन् ।

पत्रकार सम्मेलनमा बिर्तामोड–३ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मदन बुढाथोकीले वडाले गर्न सक्ने सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउँदै मुस्लिम, सन्थाल समुदायका बालबालिकालाई अझैपनि बिद्यालय नपठाउने गरेको बताए । उनले मदरसा बिद्यालयले त्यस्ता समुदायमा चेतना जगाउँदै अभिभावकलाई प्रोत्साहन गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बिर्तामोड–३ का वडा सदस्य हरि बास्कोटा, मदरसा बिद्यालयका सल्लाहकार मुन्ना अन्सारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको शहजीकरण प्रअ अन्जुम खातुनले गरेकी थिइन् ।

The post जग्गा खरीदका लागि आर्थिक संकलनमा जुट्यो बिर्तामोडको मदरसा तालिमुल कुरान आधारभूत विद्यालय appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register