बीमा नियमावली २०८१: बीमा एजेन्ट बन्न कम्तिमा १२ पास हुनुपर्ने, मृत्युदाबीको भुक्तानी १५ दिनभित्र टुंग्याउनुपर्ने

काठमाडौँ । अबदेखि बीमा कम्पनीको अभिकर्ता बन्न कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेर लागू गर्दै यस्तो व्यवस्था गरेको हो ।  यसअघि बीमा अभिकर्ता बन्न शैक्षिक योग्यता कम्तिमा एसएलसी (एसइई) उत्तीर्ण कायम गरिएको थियो । पुराना अभिकर्ताको हकमा भने अहिले पनि सोही योग्यता कायम गरिएको छ […]

Feb 26, 2025 - 03:03
 0
बीमा नियमावली २०८१: बीमा एजेन्ट बन्न कम्तिमा १२ पास हुनुपर्ने, मृत्युदाबीको भुक्तानी १५ दिनभित्र टुंग्याउनुपर्ने

काठमाडौँ । अबदेखि बीमा कम्पनीको अभिकर्ता बन्न कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेर लागू गर्दै यस्तो व्यवस्था गरेको हो । 

यसअघि बीमा अभिकर्ता बन्न शैक्षिक योग्यता कम्तिमा एसएलसी (एसइई) उत्तीर्ण कायम गरिएको थियो । पुराना अभिकर्ताको हकमा भने अहिले पनि सोही योग्यता कायम गरिएको छ । 

त्यस्तै, अभिकर्ता बन्नका लागि विशेष तालिम र परीक्षा अनिवार्य गरिएको छ । बीमा दलाल तथा तेस्रो पक्ष सहजकर्ताका लागि भने अनिवार्य इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । योसँगै नियमावलीमा अभिकर्ताहरुले निश्चित बीमालेख बिक्री गर्नुपर्ने तथा नवीकरण मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । 

त्यस्तै, बीमा नियमावलीले व्यवस्थापन समूह गठन गरी त्रैमासिक रुपमा बीमा बजारको अनुगमन, अध्ययन तथा नीति निर्माण गरिने व्यवस्था पनि गरेको छ ।

सँगै बिमकहरूले निश्चित पूँजी कोष तथा सल्भेन्सी मार्जिन कायम गर्नुपर्नेछ । बिमा व्यवसायलाई स्थायित्व दिन बिमा कोष, अनिवार्य जगेडा कोष, विशेष जगेडा कोष तथा दाबी भुक्तानी कोष जस्ता व्यवस्था नियमावलीमा गरिएको छ । बिमाशुल्क बैंक मार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । इन्जिनियरिङ तथा हवाई बिमामा किस्ताबन्दीमा बिमाशुल्क बुझाउन सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।

त्यस्तै, नियमावलीमा बीमा दाबी भुक्तानीका क्रममा निर्जीवन बीमामा सर्भेयरले ३ दिनभित्र रिपोर्ट पेश गर्नुपर्ने भने बिमकले १५ दिनभित्र भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ । जीवन बिमाको हकमा भने बिमालेख परिपक्व भएपछि सात दिनभित्र भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ । मृत्युदाबीको हकमा बिमितको मृत्यु भएको १५ दिनभित्र भुक्तानी टुंग्याउनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । योसँगै अब बीमा दाबी भुक्तानीका क्रममा बीमा कम्पनीले दिने सास्तीको अन्त्य हुने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register