पशुपतिनाथ दर्शनमा सर्वसाधारणदेखि नेतासम्म (फोटोफिचर)

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आज (बुधबार) बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो । हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आज पाशुपत क्षेत्रमा सर्वसाधारदेखि नेतासम्मको घुइँचो लागेको छ । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसी पनि पाशुपत क्षेत्र पुगेको देख्न […]

Feb 26, 2025 - 03:06
 0
पशुपतिनाथ दर्शनमा सर्वसाधारणदेखि नेतासम्म (फोटोफिचर)

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आज (बुधबार) बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो ।

हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आज पाशुपत क्षेत्रमा सर्वसाधारदेखि नेतासम्मको घुइँचो लागेको छ । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसी पनि पाशुपत क्षेत्र पुगेको देख्न सकिन्छ ।

बच्चादेखि वृद्धसम्म हरेक उमेर समूहका मानिस पाशुपत क्षेत्रमा देखिएका छन् ।

महाशिवरात्रिका अवसरमा अघिल्लो वर्ष झै यो पटक पनि छिमेकी देश भारतबाट उलेख्य सङ्ख्यामा दर्शनार्थी आएको पाइएको छ ।

भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

सुरक्षाका लागि आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।

हेरौं दर्शनार्थी फोटोफिचरमा :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register