खेल जित्ने अफगानिस्तान : इङ्ल्यान्डलाई सुझाव, पाकिस्तानी खेलाडीलाई गाली !

काठमाडौं । पाकिस्तान र यूएईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा बुधबार राति सनसनीपूर्ण नतिजा निस्कियो । भर्खरै टेस्ट क्रिकेटमा पाइला चाल्दै गरेको अफगानिस्तानले सदावहार पावरहाउस इङ्ग्ल्यान्डलाई ८ रनले हरायो । यस जितले अफगानिस्तानको चर्चा हुनु स्वाभाविकै हो । तर यस नतिजाले पाकिस्तानी टोलीका खेलाडीमाथि गालीको वर्षा भइरहेको छ । यसरी गाली गर्नेमा पाकिस्तानी क्रिकेट समर्थक […]

Feb 27, 2025 - 06:31
 0
खेल जित्ने अफगानिस्तान : इङ्ल्यान्डलाई सुझाव, पाकिस्तानी खेलाडीलाई गाली !

काठमाडौं । पाकिस्तान र यूएईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा बुधबार राति सनसनीपूर्ण नतिजा निस्कियो । भर्खरै टेस्ट क्रिकेटमा पाइला चाल्दै गरेको अफगानिस्तानले सदावहार पावरहाउस इङ्ग्ल्यान्डलाई ८ रनले हरायो ।

यस जितले अफगानिस्तानको चर्चा हुनु स्वाभाविकै हो । तर यस नतिजाले पाकिस्तानी टोलीका खेलाडीमाथि गालीको वर्षा भइरहेको छ । यसरी गाली गर्नेमा पाकिस्तानी क्रिकेट समर्थक बढी छन् । एक पाकिस्तानी समर्थकले त भिडिओ सन्देश नै जारी गर्दै आईसीसीसँग अबदेखि पाकिस्तानलाई भारतको समूहमा राखेर नखेलाउन आग्रह गरेका थिए । आफूहरू हारबाट आजित भएको बताउँदै उनले यस्तो बताएका हुन् ।

भारतसँग पराजित भएर बाहिरिएपछि कतिपय पाकिस्तानी समर्थकले अब क्रिकेट खेलेर समय खर्च नगर्न व्यङ्ग्यात्मक सुझाव दिएका छन् । आयोजक भएर पनि समूह चरणबाटै बाहिरिएपछि पाकिस्तानमाथि आलोचना भइरहेको हो ।

पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तरले अफगानिस्तानले बनाएको ३२५ रनको प्रशंसा सोधका छन् । एउटा भिडिओ सन्देश जारी गर्दै उनले अफगानी खेलाडीले ठूलो मनसायका साथ खेल्ने गरेकाले सफलता मिलेको बताएका छन् ।

‘मलाई पश्तुन (अफगानी जाति) जनता धेरै मन पर्छ, मलाई उनीहरूको जोश धेरै राम्रो लाग्छ । इङ्ल्यान्डविरुद्ध उनीहरूले देखाएको परिपक्वता मलाई मन पर्यो । म चाहन्थें कि पाकिस्तान, भारत र अफगानिस्तान सेमिफाइनल खेलुन् भन्ने म चाहन्थेँ । तर एउटा टोली बाहिरिएको छ । दुर्भाग्यवश त्यो हाम्रो टोली थियो ।’

यसैबीच, अफगानिस्तानको जितपछि अख्तरले अर्को भिडियो पनि जारी गरेका छन् । जसमा उनले भनेका छन्, ‘अब अष्ट्रेलियालाई पनि हराउनु पर्छ ।’

भारतका पूर्वक्रिकेटर रवि शास्त्रीले पनि अफगानिस्तानले चमत्कार गरेको भन्दै प्रशंसा गरेका छन् । उनले पराजित इङ्ल्यान्डलाई भने सुझाव दिएका छन् । ‘अफगानिस्तान तिमीहरूले चमत्कार गर्यौ । इङ्ग्ल्यान्डका खेलाडीका लागि म भन्छु– यस उपमहाद्वीपमा कुनै पनि बहानाबिना खेललाई गम्भीरतापूर्वक लिनुहोस् । तब मात्र तपाईंहरूलाई जहाँ पनि जित्न सक्ने टोलीको रूपमा चिनिने छ ।’

यश तिवारी नामक एक प्रयोगकर्ताले अफगानिस्तानका ब्याट्सम्यानहरूले पाकिस्तानलाई कसरी खेल्नुपर्छ भनेर सिकाइरहेको बताएका छन् ।

यस्तै जोन्स नामका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘अफगानिस्तान टोलीले लाहोरमा प्रभुत्व जमाउँदैछ । च्याम्पियन्स ट्रफी आफ्नो उत्कर्षमा पुग्दैछ,’ लेखेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म रेडिटमा अफगानिस्तान एसियाको दोस्रो ठूलो टोलीको रुपमा देखा परेको छ कि छैन ? भनेर सोध्दा धेरैजसो मानिसले सहमति जनाएका छन्।

रोचक कुरा के छ भने आईसीसी वरीयतामा शीर्ष आठ टोलीमा समावेश नभएका कारण श्रीलङ्काले यस प्रतियोगितामा भाग लिन सकेन । यसको सट्टा अफगानिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीमा भाग लिएको हो ।

पाकिस्तान र बङ्गलादेश दुवै प्रतियोगिताबाट बाहिरिएका छन् । अब प्रतियोगितामा भारत र अफगानिस्तान मात्र एसियाली टोली हुन् । भारत पहिले नै सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तानका लागि अष्ट्रेलिया विरुद्धको खेल क्वार्टरफाइनल बनेको छ ।

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register