मगर दिवस : पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

तानसेन । मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा आज (बुधबार) ४३औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् । नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने […]

Feb 27, 2025 - 06:46
 0
मगर दिवस : पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

तानसेन । मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा आज (बुधबार) ४३औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।

नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । आदिवासी जनजाति समुदायअन्तर्गत रहेका देशैभरका मगर समूह, सङ्घसंस्थाले यो दिवस मनाउँदै छन् । मगरहरूको साङ्गठनिक पर्वका रुपमा यो दिवसलाई लिने गरिन्छ । जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् ।

जिल्लामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ । विसं २०३९ फागुन १५ गते नेपाल लाङ्घली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घ संस्थाले मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ ।

पाल्पामा मगरी कला, संस्कृति निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कलासंस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदाय रमाउने गरेका छन् । पाल्पाका सबै स्थानीयतहदेखि वडा–वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागि नेपाल मगर सङ्घ पाल्पाकी अध्यक्ष शान्ति झेडी थापाले जानकारी दिए ।

नेपाल मगर सङ्घ केन्द्रीय समितिको मातहतमा अहिले सातवटै प्रदेशमा प्रदेश समिति, ७७ जिल्लामध्ये ६८ जिल्लामा जिल्ला समिति, सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ३० गाउँपालिका/नगरपालिकामा स्थानीय तहमा समिति गठन भइसकेको छ । अहिले नेपाल मगर सङ्घमा विभिन्न क्षेत्रगत, पेसागत र थरगत संस्था आबद्ध भई क्रियाशील भइरहेका छन् । सङ्घले मगरलाई गोलबन्द गर्नका लागि जहाँ मगर त्यहाँ मगर सङ्घ, जहाँ मगर सङ्घ त्यहाँ मगरात स्वायत्तता भन्ने साङ्गठनिक नारा बनाएर साङ्गठनिक अभियान बनाएर अगाडि बढाएको छ । –रासस

मगर एकता दिवस मनाइँदै, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register