प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुर्नलेखन गर्नुस् : केपी ओली

May 21, 2023 - 06:24
 0
प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुर्नलेखन गर्नुस् : केपी ओली
प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुर्नलेखन गर्नुस् : केपी ओली

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएकाे छ ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रमकाे कुनै उद्देश्य, मिसन र गन्तव्य नभएकाे बताउनुभयाे ।

प्रस्तावित नीति तथा कार्यक्रमले देश र जनताबारे केही नबोलेको, देशकाे समस्या समाधानका लागि केही मिसन नभएकाे भन्दै उहाँले फिर्ता लिएर पुर्नलेखन गर्न सरकारलाई आग्रह गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - ' प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुर्नलेखन गर्नुस्, यसलाई पुर्नलेखन गर्ने छुट दिन हामी तयार छाैं ।'

उहाँले देशका लागि, समाज र अर्थतन्त्रलाई अगाडि बढाउने हिसाबले नीति तथा कार्यक्रम परिमार्जन गर्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1