ग्याल्पो ल्होसारको अवसरमा सिद्धार्थ बुटिकमा साङ्गीतिक कार्यक्रम

काठमाडौं । बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ग्याल्पो ल्होसारको उपलक्ष्यमा सिद्धार्थ बुटिक होटल बौद्धले सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम २०८१ फागुन १७ गते (शनिबार) दिउँसो ३ बजेदेखि ९ बजेसम्म होटल परिसरमा हुनेछ । गोर्खा बियर मुख्य प्रायोजक रहेको यस कार्यक्रमलाई मुक्तिनाथ डेरी, कोकाकोला र मुस्कान मिट सपले प्रायोजन गरेका छन् । डोल्मा छिरिङ […]

Feb 27, 2025 - 15:25
 0
ग्याल्पो ल्होसारको अवसरमा सिद्धार्थ बुटिकमा साङ्गीतिक कार्यक्रम

काठमाडौं । बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ग्याल्पो ल्होसारको उपलक्ष्यमा सिद्धार्थ बुटिक होटल बौद्धले सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम २०८१ फागुन १७ गते (शनिबार) दिउँसो ३ बजेदेखि ९ बजेसम्म होटल परिसरमा हुनेछ ।

गोर्खा बियर मुख्य प्रायोजक रहेको यस कार्यक्रमलाई मुक्तिनाथ डेरी, कोकाकोला र मुस्कान मिट सपले प्रायोजन गरेका छन् । डोल्मा छिरिङ शेर्पाको आयोजनामा हुने यस कार्यक्रममा विश्व दोङ, सुमिना लो, लाक्पा तेन्जी शेर्पा, पाल्मु शेर्पा, बालगायक लाक्पा डोमा शेर्पालगायतका चर्चित कलाकारहरुको प्रत्यक्ष प्रस्तुति रहनेछ । कार्यक्रममा डिजे नवाङको रोमाञ्चक डिजे सेसन, लोकल ब्याण्डको लाइभ ब्याण्ड प्रस्तुति र परम्परागत सांस्कृतिक घरानाहरुको मनमोहक सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिनेछ ।

होटलका प्रबन्धक रविन अर्यालले एक हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको यो कार्यक्रम एक अविस्मरणीय सांस्कृतिक अनुभव हुने बताए । ग्याल्पो ल्होसारको उपलक्ष्यमा मनाइने यस कार्यक्रममा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै, पेड फुड एण्ड बेभरेज स्टल पनि उपलब्ध हुनेछ ।

सिद्धार्थ बुटिक होटल परिवारले यस कार्यक्रममा सहभागी भई ल्होसारलाई संगीत, नृत्य, खाना र रमाईलोका साथ मनाउन सबैलाई हार्दिक निमन्त्रणा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register