प्रि-बजेट छलफलमाथि १८ घण्टा छलफल हुँदा कांग्रेसलाई ३७६ मिनेट, रास्वपालाई कति ?

काठमाडौं । सङ्घीय संसद्‌मा आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट)का बारेमा छलफल हुँदै छ । प्रि-बजेटमाथि संसद्‌मा चार दिन छलफल हुनेछ । वैशाख ३०, ३१ गते तथा जेठ १ र २ गते छलफल हुने संसद्‌ सचिवालयले जनाएको छ । मङ्गलबार संसद्‌ बैठकमा ४ घण्टा प्रि-बजेटमाथि छलफल हुनेछ । पहिलो दिन संसद्‌मा प्रतिनिधित्व गर्ने सबै […]

May 13, 2025 - 07:50
 0
प्रि-बजेट छलफलमाथि १८ घण्टा छलफल हुँदा कांग्रेसलाई ३७६ मिनेट, रास्वपालाई कति ?

काठमाडौं । सङ्घीय संसद्‌मा आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट)का बारेमा छलफल हुँदै छ ।

प्रि-बजेटमाथि संसद्‌मा चार दिन छलफल हुनेछ । वैशाख ३०, ३१ गते तथा जेठ १ र २ गते छलफल हुने संसद्‌ सचिवालयले जनाएको छ ।

मङ्गलबार संसद्‌ बैठकमा ४ घण्टा प्रि-बजेटमाथि छलफल हुनेछ । पहिलो दिन संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दल तथा स्वतन्त्र सांसदले छलफलमा भाग लिनेछन् ।

संसद्‌ सचिवालयकाअनुसार मङ्गलबार सत्तारुढ दल नेपाली काङ्ग्रेसले सबैभन्दा धेरै ७७ मिनेट पाएको छ । ठूलो दलको हैसियतले काङ्ग्रेसले धेरै समय पाएको हो ।

यस्तै, सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आज संसद्‌मा प्रि-बजेटमाथिको छलफलमा ६७ मिनेट पाउनेछ । ३२ सिट रहेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले २८ मिनेट प्रि-बजेटमाथि धारणा राख्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ मिनेट समय पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज ११ मिनेटमा मात्र समय पाएको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, १० सिटे नेकपा एकीकृत समाजवादीले ९ मिनेट पाउँदा जनता समाजवादी पार्टी (जसपा)ले ६ मिनेट तथा जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र दुई स्वतन्त्र सांसदले ५/५ मिनेटमा धारणा राख्न पाउनेछन् ।

साथै, जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टीका लागि समान ४/४ मिनेट समय तोकिएको संसद् सचिवालयले जनाएको छ ।

दोस्रो दिन – दुई स्वतन्त्र सांसदसहित तीन पार्टीलाई छैन समय

३१ गते पनि प्रि-बजेटमाथि छलफल हुनेछ । उक्त दिन ५ घण्टा छलफल चल्दा सबैभन्दा धेरै समय काङ्ग्रेसले नै पाउनेछ भने दुई स्वतन्त्र सांसदसहित तीन पार्टीका लागि भने समय तोकिएको छ ।

समय नपाउनेमा पार्टीमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी छन् ।

काङ्ग्रेसले ९६ मिनेट समय पाउँदा एमालेले जम्मा ८६ मिनेट समय पाएको छ । माओवादी केन्द्रले ३६ मिनेट उक्त दिन छलफलमा धारणा राख्न समय पाएको संसद् सचिवालयले जनाएको छ ।

रास्वपाले २३ मिनेट समय पाएको छ भने राप्रपाले १४, एकीकृत समाजवादीले ११, जसपाले ८, जनमतले ७, जसपा नेपालले ६ तथा लोसपा र नागरिक उन्मुक्तिले ४/४ मिनेट समय पाएका छन् ।

तेस्रो दिन – ११ पार्टीले छलफलमा धारणा राख्ने

प्रि-बजेटमाथिको छलफलको तेस्रो दिन (जेठ १ गते) ११ पार्टीले मात्र भाग लिनेछन् । ४ घण्टा बस्ने बैठकमा काङ्ग्रेसले ७७ मिनेट पाएको छ ।

एमालेले ६७ मिनेट पाउँदा  माओवादी केन्द्रले २८ मिनेट प्रि-बजेटमाथि धारणा राख्नेछ । रास्वपाले १८ मिनेट समय पाउँदा राप्रपाले ११ मिनेटमा मात्र समय पाएको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, एकीकृत समाजवादीले ९ मिनेट पाउँदा जसपाले ६ मिनेट, जनमत पार्टीले ५ मिनेट, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्तिले ४/४ मिनेट समय पाएका छन् ।

अन्तिम दिन

प्रि-बजेटमाथिको छलफलको अन्तिम दिन (जेठ २ गते) ५ घण्टा सांसदहरूले धारणा राख्नेछन् ।

काङ्ग्रेसले ९६ मिनेट समय पाउँदा एमालेले जम्मा ८६ मिनेट समय पाएको छ । यता, माओवादी केन्द्रले ३६ मिनेट उक्त दिन छलफलमा धारणा राख्न समय पाएको संसद् सचिवालयले जनाएको छ ।

रास्वपाले २३ मिनेट समय पाउँदा राप्रपाले १४, एकीकृत समाजवादीले ११, जसपाले ८, जनमतले ७, जसपा नेपालले ६ तथा लोसपा र नागरिक उन्मुक्तिले ४/४ मिनेट समय पाउनेछन् ।

१८ घण्टा छलफल, तीन पार्टीलाई ५ मिनेट मात्र समय

यस वर्षको प्रि-बजेटमा १८ घण्टा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

१ सिटको रुपमा संसद्‌मा प्रतिनिधित्व गरेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले प्रि-बजेट छलफलको पहिलो बैठकमा मात्र धारणा राख्न पाउनेछन् । अन्य दिन उक्त पार्टीका सांसदले छलफलमा भाग लिन पाउने छैनन् ।

यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि जम्मा ५/५ समय पाएका छन् ।

समग्रमा काङ्ग्रेसले ५ घण्टा ४६ मिनेट समय पाएको छ भने एमालेले ५ घण्टा १० मिनेटमा प्रि बजेटमाथि आफ्नो धारणा संसद्‌मा पेस गर्नेछ ।

संसद् सचिवालयकाअनुसार माओवादी केन्द्रले जम्मा २ घण्टा ६ मिनेट समय पाउँदा रास्वपाले १ घण्टा २२ मिनेट छलफलमा आफ्नो धारणा राख्नेछ ।

यस्तै, राप्रपाले ५० मिनेट, एकीकृत समाजवादीले ४०, जसपाले २८, जनमतले २०, जसपा नेपालले १६, नागरिक उन्मुक्तिले १६ मिनेट समय पाउनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register