दुई दिने राइड टु कोशी अभियान प्रारम्भ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटदेखि उदयपुरकै बेलका नगरपालिका ८ कोठु स्थित सप्तकोशी नदीसम्मको राइड टु कोशी अभियानको दुई दिने साइकल यात्रा शुक्रबार शुरु भएको छ । जिल्ला साइक्लिनिङ संघ उदयपुरको आयोजनामा, नेपाली सेनाको १८ नं बाहिनी अड्डा भुल्के, नेपाली सेनाकै बोक्से स्थित पशुपति प्रसाद गणको पिपलटारी व्यारेकको सह आयोजनामा भएको राइड टु कोशी […]

Mar 1, 2025 - 13:42
 0
दुई दिने राइड टु कोशी अभियान प्रारम्भ

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटदेखि उदयपुरकै बेलका नगरपालिका ८ कोठु स्थित सप्तकोशी नदीसम्मको राइड टु कोशी अभियानको दुई दिने साइकल यात्रा शुक्रबार शुरु भएको छ ।

जिल्ला साइक्लिनिङ संघ उदयपुरको आयोजनामा, नेपाली सेनाको १८ नं बाहिनी अड्डा भुल्के, नेपाली सेनाकै बोक्से स्थित पशुपति प्रसाद गणको पिपलटारी व्यारेकको सह आयोजनामा भएको राइड टु कोशी अभियानमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी नगरपालिका त्रियुगा उद्योग बाणिज्य संघ लगायतका अन्य संघ संस्थाहरुको आर्थिक सहयोगमा यो अभियान संचालन गरिएको हो ।

उदयपुर जिल्लामा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नकालागि जिल्ला साइक्लिनिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा भएको यो राइड टु कोशी अभियान दुई दिनसम्म हुने छ । शुक्रबार शुरु भएर शनिबार साँझ ५ बजे त्रियुगा नगरपाकिा ३ स्थित भुल्केमा रहेको नेपाल सेनाको १८ नं बाहिनी अड्डामा पूगेर समापन गर्ने योजना रहेको जिल्ला साइक्लिनिङ संघ उदयपुरका पूर्व अध्यक्ष जितेन्द्र रौइलाले बताए ।

३४ जिल्लाका करिब ३ सय साइकल यात्री सहभागी भएका छन भने गाईघाटबाट ५७ किलोमीटर साइकल यात्रा गर्दै शुक्रबार साँझ बेलका नगरपालिका वडा नं ८ स्थित कोठु सप्तकोशी नदी किनारको एलके खोजमा बास बसेर शनिबार पुन मदन भण्डारी लोकमार्गको बाटो हुदै १८ नं बाहिनी अड्डामा पुगेर राइड टु कोशी अभियान समापन हुने छ । कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले नगरपालिकाले साइक्लिनिङ कार्यक्रमकालागि विगतदेखि ने सहयोग गर्दै आएको र आउदा दिनहरुमा पनि सहयोग जारी राख्ने बताएका छन् ।

नेपाली सेनाको १८ नं बाहिनी अड्डाका प्रमुख सहायक रथी गौरव गुरुङले यस साइक्लिनिङ यात्राले नेपाली सेना र स्थानीय जनताका विचको सम्बन्ध बढनुका साथै आपसी सम्बन्ध विकास गर्न सहयोग पुग्ने बताए । सो कार्यक्रममा त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरी राईले यस्तो कार्यक्रमले स्थाीय स्तरको मात्र नभएर राष्ट्रियस्तरको पर्यटन प्रवद्र्धन र व्यापार व्यवसाय तथा चेतना मुलक कार्यहरुमा सहयोग पुग्ने बताइन ।

जिल्ला साइक्लिनिङ संघ उदयपुरका अध्यक्ष माधव बाँनियाको अध्यक्षतामा भएको राइड टु कोशी उद्घाटन कार्यक्रममा बाँनियाले नेपाली सेनाका तत्कालिन १८ नं बाहिनीका बाहिनी पति हिमांशु खड्काको सुझाव र सल्लाह अनुसार २०७५ सालमा शुरु गरेको बताए ।

उनले यो अभियानलाई निरन्तरता दिइने जानकारी दिंदै पर्यटन प्रवद्र्धन कार्यक्रममा सहयोग पुग्ने बताए । राइड टु कोशी अभियानमा फरक क्षमता भएका तीनजना सहभागी भएको छन् । उनीहरु मध्ये दुई जना लोचनराज अमात्य र अनुराग अधिकारी एक हात नभएका नवलपरासी जिल्लाको कावासोती नगरपालिकाका बासिन्दा रहेको र एक जना उदय श्रेष्ठ ललितपुर जिल्ला ललितपुर महानगरपालिकाका रहेको र उनी कान नसुन्ने रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register