कनकाई घाटको पद हस्तान्तरण, शवदाह गृह निर्माण शुरु गरिने

चन्द्र बस्नेतकनकाई, १७ फागुन । शवदाह गृहको भवन निर्माणका लागि नगरको तर्फबाट तत्काल काम सुरु गर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ। कनकाई नगरपालिका ४ कनकाई माईको पुर्वि तटमा रहेको कनकाई घाट संस्थाको नव निर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो। उहाँले चालू आर्थिक [...] The post कनकाई घाटको पद हस्तान्तरण, शवदाह गृह निर्माण शुरु गरिने appeared first on Jhapa Online.

Mar 1, 2025 - 13:41
 0
कनकाई घाटको पद हस्तान्तरण, शवदाह गृह निर्माण शुरु गरिने

चन्द्र बस्नेत
कनकाई, १७ फागुन ।
शवदाह गृहको भवन निर्माणका लागि नगरको तर्फबाट तत्काल काम सुरु गर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ।

कनकाई नगरपालिका ४ कनकाई माईको पुर्वि तटमा रहेको कनकाई घाट संस्थाको नव निर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो। उहाँले चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट भवन निर्माण गर्नका लागि केही रकम छुट्टीएको र स्थानीय सरकारबाट पनि जति सक्दो सहयोग गरेर काम अगाडी बढाउने प्रतिवद्वता जनाउनुभयो।उहाँले सुरुवाती चरणमा काम गर्ने क्रममा असहज नभएपनि त्यसलाई निरंतरता दिनुसक्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले पानीको समस्या समाधान गर्न सिचाई बोरिङ (मोटर) को प्रयोग गरेर व्यवस्थित ट्याङ्की निर्माण गरेर सहजता प्रदान गर्ने जनाउनुभयो। अर्को फरक प्रसङ्गमा नगर प्रमुख पोखरेलले कनकाई घाट तथा कनकाई धार्मिक सस्था एकै भएर अगाडी बढे विकास निर्माण देखि हरेक कुरामा सहजता हुने समेत बताउनुभएको थियोे ।

आज शनिबार कनकाई ४ स्थित कर्मयोग भवनको सभाहलमा भएको पद हस्तान्तरणमा पहिलो चरणको कार्यक्रमको अध्यक्षता वेद प्रकाश अग्रवालको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन महासचिव नारायण प्रसाद ओलीले गर्नुभएको थियो ।

त्यस्तै दोश्रो चरणको पद हस्तान्तरण कार्यक्रममा निर्वाचन समितिका संयोजक तिर्थराज खरेलको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि नगर प्रमुख पोखरेल , उप प्रमुख आशाशर्मा शिवाकोटी , संस्थापक अध्यक्ष प्रभाकर कडरिया, निर्वाचन समितिका पदाधिकारी सोमनाथ उप्रेती , भवानी प्रसाद लुईटेल लगायतले पद हस्तान्तरण गर्नुभएको थियोे ।

संस्थाको दशौ बार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले अघिल्लो समितिमा बरिस्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएका अध्यक्षमा खेमनाथ मिश्र सहित सम्पुर्ण पदाधिकारी सर्वसम्मत चयन हुनुभएको थियोे । संस्थाको बरिस्ठ उपाध्यक्षमा डिल्लीराम मैनाली , उपाध्यक्षमा खेमराज कार्की , महासचिवमा गोपाल खरेल , सचिवमा टिकाप्रसाद जम्मरकट्टेल र कोषाध्यक्षमा अम्बिका खरेल सदस्यहरुमा राधिका कडरिया , भरत कुमार ढकाल , दयान्नद वंसल , नरेन्द्र प्रसाद फुयाल , चन्द्र मैनाली (भतिज) , डम्बर बहादुर बस्नेत , भगवती कटुवाल , टिकाराम बराल , बृहस्पति पाण्डे , रमेश सेडाई र सरोज मैनालि सर्वसम्मत चयन हुनुभएको हुनुभएको थियोे ।

संस्थाको लेखा समिती संयोजकमा डम्बर प्रसाद फुयाल र सदस्यमा भिष्म मैनाली र डिल्लिराम पाठकले समेत सफत लिनुभएको छ। कार्यक्रममा उप प्रमुख आशाशर्मा शिवाकोटी संस्थापक अध्यक्ष प्रभाकर कडरिया कनकाई धार्मिक संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल कुमार खतिवडा , सस्थापक सचीव मदनकुमार सुब्बा, सुरेश कुमार अग्रवाल (भद्रपुरे), पुर्व उपाध्यक्ष युवाराज संङ्ग्रौला ,पाटी प्रतिनिधिको तर्फबाट नेपाली काग्रेस सभापति दुर्गा प्रसाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रममा वडा न ४ का अध्यक्ष रोषन सुवेदी , कनकाई ३ का वडा सदस्य अनिल गोयल, एमाले नगर अध्यक्ष गोकर्ण ओझा , माओवादी नगर यामनाथ सेडाई , सल्लाहकार डा।पुन्य प्रसाद पौडेल , नगर अस्पतालका अध्यक्ष रविन्द्र लम्साल लगायतको आतिथ्यता रहेकोे थियोे । संस्थामा संस्थापक सदस्य, आजीवन सदस्य, विशिष्ट सदस्य, संरक्षक सदस्य एवम् विशिष्ट संरक्षक समेत गरेर १ हजार १ सय ६१ जना सदस्य रहनु भएको छ।दोस्रो चरणको कार्यक्रमको सन्चालन निर्वाचन समितीका सदस्य सोमनाथ उप्रेतीले गर्नुभएको थियोे ।

The post कनकाई घाटको पद हस्तान्तरण, शवदाह गृह निर्माण शुरु गरिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register