अध्यादेशबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा मूलतः सरकारले जारी गरेको अध्यादेशका विषयमा छलफल हुने एमालले जनाएको छ । यस्तै बैठकमा सरकारको कामकारबाहीसँगै समसामयिक राजनीतिमा पनि छलफल हुनेछ । सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदमा निर्णायार्थ पेस हुन […]

Mar 2, 2025 - 04:01
 0
अध्यादेशबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा मूलतः सरकारले जारी गरेको अध्यादेशका विषयमा छलफल हुने एमालले जनाएको छ । यस्तै बैठकमा सरकारको कामकारबाहीसँगै समसामयिक राजनीतिमा पनि छलफल हुनेछ ।

सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदमा निर्णायार्थ पेस हुन सकेको छैन । प्रतिनिधिसभामा सत्तापक्षको बहुमत भए पनि राष्ट्रियसभामा सङ्ख्या अपुग छ ।

सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले यतिबेला एमाले नेतृत्वको सरकार अफ्ठ्यारोमा छ ।

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ । यसैबीच जसपा नेपालको केन्द्रीय समिति बैठक पनि आजबाट सुरु हुँदैछ ।

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register