पूर्वखेलाडी इस्कोले निर्णायक गोल गर्दा साविक विजेता रियल मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सर्वाधिक ३६ पटकको विजेता रियल घरेलु टोली बेटिससँग २–१ गोलअन्तरले स्तब्ध बनेको हो । इस्कोले आफ्नोपूर्व क्लबविरुद्ध विजयी गोल गर्दै बेटिसको जित सुनिश्चित गरेका हुन् । खेलको १०औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई अग्रता […]

Mar 2, 2025 - 04:34
 0
पूर्वखेलाडी इस्कोले निर्णायक गोल गर्दा साविक विजेता रियल मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ ।

आइतबार बिहान भएको खेलमा सर्वाधिक ३६ पटकको विजेता रियल घरेलु टोली बेटिससँग २–१ गोलअन्तरले स्तब्ध बनेको हो ।

इस्कोले आफ्नोपूर्व क्लबविरुद्ध विजयी गोल गर्दै बेटिसको जित सुनिश्चित गरेका हुन् ।

खेलको १०औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाए ।

तर ३४औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे । यसपछि ९ वर्ष रियलमा बिताएका बेटिसका कप्तान इस्कोले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेल बेटिसले जितेको हो ।

योसँगै ला लिगाको जारी सिजनमा कार्लो एन्सेलोटीको टोलीले चौथो पटक पराजय भोगेको छ ।

रियल अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले २६ खेलबाट ५४ अङ्क जोडेको छ ।

ला लिगा : सर्वाधिक एसिस्ट गर्नेमा १७ वर्षीय यमाल अगाडि

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register