गर्मी छल्न छालसँगै पौँठेजोरी (तस्वीरहरू‌)

सिन्धुपाल्चोक । गर्मी मौसममा पानीसँग लुकामारी गर्न पछिल्लो समय ऱ्याफ्टिङ सहरियाबीच चर्चित छ । काठमाडौं उपत्यकाबासिन्दाका लागि त्रिशूली र भोटेकोसी ऱ्याफ्टिङको लागि प्रमुख गन्तव्य बन्ने गरेको छ । र्‍याफ्टिङ गराउनै लागि सुकुटे क्षेत्रमा मात्रै डेढ दर्जनको हाराहारीमा रिसोर्टहरु छन् । यी रिसोर्टमा उपत्यकाबाट हरेक हप्ता १२ देखि १५ सयको हाराहारीमा मानिस ऱ्याफ्टिङको लागि आउने गरेको […]

Jun 2, 2025 - 08:05
 0
गर्मी छल्न छालसँगै पौँठेजोरी (तस्वीरहरू‌)

सिन्धुपाल्चोक । गर्मी मौसममा पानीसँग लुकामारी गर्न पछिल्लो समय ऱ्याफ्टिङ सहरियाबीच चर्चित छ ।

काठमाडौं उपत्यकाबासिन्दाका लागि त्रिशूली र भोटेकोसी ऱ्याफ्टिङको लागि प्रमुख गन्तव्य बन्ने गरेको छ । र्‍याफ्टिङ गराउनै लागि सुकुटे क्षेत्रमा मात्रै डेढ दर्जनको हाराहारीमा रिसोर्टहरु छन् ।

यी रिसोर्टमा उपत्यकाबाट हरेक हप्ता १२ देखि १५ सयको हाराहारीमा मानिस ऱ्याफ्टिङको लागि आउने गरेको र्‍याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् ।

पछिल्लो दशकदेखि सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप अत्यधिक बढेको सञ्चालक राईको भनाइ छ । उनी भन्छन्, ‘अहिले पहिलाको तुलनामा आन्तरिक पर्यटकको चाप बढ्दो छ, तर बाह्य पर्यटक कम हुँदै गएका छन् ।’ आन्तरिक पर्यटक बढ्नुमा सामाजिक सञ्जालको हात रहेको उनले बताए ।

उनका अनुसार ऱ्याफ्टिङ गरेर फर्केकाले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका कारण स्वतः प्रचारप्रसार हुने गरेको छ । त्यस्तै, विदेशी पर्यटकको संख्या घट्नुको कारण भिडभाड र कोलाहल रहेको उनको बुझाइ छ ।

उनले भने, ‘विदेशीहरू सहरिया जीवनबाट वाक्क भएर शान्त ठाउँमा रमाउन भनेर यहाँ आउने हो, अहिले त्यो वातावरण छैन । यस्तै कारणले बर्सेनि उनीहरूको संख्या कम हुँदै गइरहेको छ ।

यस्तो समस्या बुझेर अहिले ऱ्याफ्टिङ स्टारलगायत केही ट्राभल एजेन्सीले शुक्रबार, शनिबार र आइतबारबाहेकका दिन विदेशी पर्यटकलाई लैजान थालेका छन् ।

हेरौं तस्वीर –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register