नेप्सेको सिइओका लागि आवेदन दिने समय थपियो 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन दिने समय थप गरिएको छ । सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिने समय ७ दिन थप गरेको हो ।  यसअघि आवेदन दिने समय फागुन ११ गतेसम्म तोकेको भए पनि तीन दिन सार्वजनिक बिदा परेकोले आवेदन दिने समय ७ दिन थप गरिएको […]

Mar 2, 2025 - 07:31
 0
नेप्सेको सिइओका लागि आवेदन दिने समय थपियो 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन दिने समय थप गरिएको छ । सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिने समय ७ दिन थप गरेको हो । 

यसअघि आवेदन दिने समय फागुन ११ गतेसम्म तोकेको भए पनि तीन दिन सार्वजनिक बिदा परेकोले आवेदन दिने समय ७ दिन थप गरिएको सिफारिस समितिले जनाएको छ । योसँगै अब नेप्सेको सिइओ पदका लागि फागुन २५ गतेसम्म आवेदन दिन सकिने सिफारिस समितिले जनाएको छ । 

नेप्सेको सिइओ पदका लागि आवेदन दिन चाहनेले उम्मेदवारले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको र पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

उम्मेदवारी दिँदा अनवेदनसहित दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ । आवेदन दस्तुर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । सो रकम राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा बुझाएको भौचर पनि आवेदनसँगै पेस गर्नुपर्नेछ ।

नेप्सेका तत्कालीन सिइओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिएसँगै नेप्से सिइओविहीन छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register