आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आज भारत र न्युजिल्याण्ड खेल्दै

झापा, १८ फागुन । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्डले खेल्दैछन् । समूह ‘ए’ को यो खेल दिउँसो पौने ३ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेलको बिजेता टोली समूह ‘ए’ को विजेता बन्नेछ । समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता टोली अस्ट्रेलियासँग [...] The post आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आज भारत र न्युजिल्याण्ड खेल्दै appeared first on Jhapa Online.

Mar 2, 2025 - 08:05
 0
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आज भारत र न्युजिल्याण्ड खेल्दै

झापा, १८ फागुन । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्डले खेल्दैछन् ।

समूह ‘ए’ को यो खेल दिउँसो पौने ३ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेलको बिजेता टोली समूह ‘ए’ को विजेता बन्नेछ ।

समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता टोली अस्ट्रेलियासँग र उपविजेता टोलीले समूह ‘बी’ को विजेता टोली दक्षिण अफ्रिकासँग खेल्नेछ ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा हिजो भएको समूह ‘बी’ को खेलमा इङ्गल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बनेको हो । ४ अङ्क रहेको अस्ट्रेलिया समूहको उपविजेता बन्यो । समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए ।

समूह ‘ए’ बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुग्दा बङ्गलादेश र आयोजक पाकिस्तान यसअघि नै बाहिरीसकेका छन् ।

The post आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आज भारत र न्युजिल्याण्ड खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register