थापाथली अपडेट : पसलमा पसेको पानी सोहोरियो, खाल्डो परेको सडकको अवस्था उस्तै (तस्वीरहरू)
काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडकमा परेकाे खाल्डो पाँच घण्टा बितिसक्दा पनि जस्तातस्तै छ । खाल्डो नपुरेका कारण मङ्गलबार बिहान १०ः१५ सम्म पनि यातायत चल्न नसकेको हो । मङ्गलबार बिहान ५ बजेतिर थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा खाल्डो परेको थियो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किनका […]

काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडकमा परेकाे खाल्डो पाँच घण्टा बितिसक्दा पनि जस्तातस्तै छ । खाल्डो नपुरेका कारण मङ्गलबार बिहान १०ः१५ सम्म पनि यातायत चल्न नसकेको हो ।
मङ्गलबार बिहान ५ बजेतिर थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा खाल्डो परेको थियो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किनका साथै सडकपेटीमा पनि क्षति पुगेको छ । सडक वरपरका पसलहरूमा पानीको भेल पसेको थियो । सो क्षेत्रमा रेस्टुरेन्ट, औषधि र फलफूल पसलमा भेल पसेको थियो ।
यी ठाउँमा पसेको पानी भने सोहोरेर सफाचट बनाइएको छ ।
यहाँ के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । यद्यपि पाइप फुटेको थाहा पाउनासाथ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने नपाएको बताइएको छ ।
यसअघि गत माघ ३० गते पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । वन परिसरसँगै क्षेत्रका केही सरकारी कार्यालय डुबानमा परेका थिए ।
बबरमहलमा विद्युत् प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो । त्यस घटनालाई लिएसर प्राधिकरणले माफी पनि मागेको थियो ।
तस्वीरहरू :
What's Your Reaction?






