खोरेत रोग नियन्त्रण गर्न रणनीतिक छलफल

उदयपुर । घर पलुवा पशुहरुमा लाग्ने खोरेत रोग नियन्त्रण गर्नकालागि सोमबार उदयपुरको सदरमुकाम गाईघाटमा रणनीतिक योजनाका बारेमा सरोकारवाला निकाय तथा स्थानीय तहका जनप्रतिनिधि र पशु सेवामा आवद्ध कर्मचारी, कृषक व्यवसायीहरुको सहभागितामा छलफल कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि बिश्वकर्माले घर पालुवा कुनै […]

Mar 4, 2025 - 07:14
 0
खोरेत रोग नियन्त्रण गर्न रणनीतिक छलफल

उदयपुर ।

घर पलुवा पशुहरुमा लाग्ने खोरेत रोग नियन्त्रण गर्नकालागि सोमबार उदयपुरको सदरमुकाम गाईघाटमा रणनीतिक योजनाका बारेमा सरोकारवाला निकाय तथा स्थानीय तहका जनप्रतिनिधि र पशु सेवामा आवद्ध कर्मचारी, कृषक व्यवसायीहरुको सहभागितामा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।


जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि बिश्वकर्माले घर पालुवा कुनै पनि पशुहरु बिरामी भएर वा रोगले ज्यान गुमाउनु नपरोस भन्दै खोरेत लगायतका अन्य कडा वा साधारण रोगको उपचार तत्काल नै गर्न र यसको उचित व्यवस्थापन स्थानीय तहसम्म हुनु पर्ने बताए ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरको आयोजनामा भएको सो एक दिने छलफल कार्यक्रममा खोरेत रोग के हो, यसको नियन्त्रणकालागि के के गर्ने, कसरी गर्ने , कसले गर्ने लगायतका विषयमा व्यापक छलफल भएको छ । खोरेत रोग विज्ञ डा.गंगाराम यादवले खोरेत रोग नियन्त्रणका उपाय, अपनाउनु पर्ने विधि लगायतका बारेमा सहभागीहरुलाई जानकारी दिनु भएको थियो ।

केशी प्रदेश सरकारले खोरेत रोग नियन्त्रणकालागि खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धी कार्यविधि २०८१ मन्त्रिपरिषद्बाट स्वीकृति गराएर राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । छलफलमा डा. यादवले कोशी प्रदेशका १४ जिल्लामध्ये उदयपुर सहित ६ जिल्लामा खोरेतरोग देखा परेको र इलाम जिल्लाका १० बटै पालिकामा खोरेत रोग जोन कार्यक्रम संचालन गरेर नियन्त्रणमा आएको जानकारी दिनु भएको थियो ।

जोन कार्यक्रम आवश्यकता र जिल्ला, प्रदेश तथा संघीय सरकारको सिफारिस तथा सहयोगमा लागु गर्न सकिने र विश्व पशु स्वास्थ्य संगठनले पनि खोरेत रोग नियन्त्रणमा सहयोग गर्न सक्ने बताए । कम्तीमा वर्षमा २ पटक खोरेत रोग विरुद्धको खोप घर पालुवा पशुहरुमा दिनु पर्ने र कोशी प्रदेशकालागि १७ हजार डोज खोप उपलब्ध गराइने भएकोमा ११ हजार ५ सय डोजखोप प्राप्त भएको र बाँकी रहेको ५ हजार ५सय डोज खोप छिट्टै आउने डा. यादवले बताउनु भयो ।


भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख शुकराज राईको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुरका त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका, चौदण्डीगढी नगरपालिका का उप प्रमुख, प्रमुख कार्यकारी अधिकृत, तथा पशुसेवा शाखाका कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register