‘युक्रेन’ हैन, अब ‘युरोप–रुस’ युद्ध !

युरोपेली नेताहरूको बैठकपछि स्थिति साँच्चै ‘तेस्रो विश्व युद्ध’ जस्तो हुँदै गएको देखिन्छ । पहिलो र दोस्रो विश्व युद्ध युरोपेली तनावकै कारणले भएका थिए । भनिन्छ– युद्ध युरोपले सुरु गर्छ र बाँकी विश्वलाई थोपर्छ ।

Mar 4, 2025 - 07:18
 0
‘युक्रेन’ हैन, अब ‘युरोप–रुस’ युद्ध !

काठमाडौं । सन् २०२२ फेब्रुअरी २४– अर्थात् ३ वर्षअघि युक्रेनमाथि रुसले आक्रमण गर्दा धेरैले आशङ्का गरेका थिए– कतै यो तेस्रो विश्व युद्धको कारण बन्ने त हैन ? भलै कि युक्रेन सन् २०१४ मा रुसले क्रिमिया गाभ्दा नै युद्ध सुरु भइसकेको थियो भन्ने ठान्दछ ।

सन् २०२५ मार्च २, आइतबार युरोपेली नेताहरूको लन्डन बैठकपछि अब यो स्वीकार गर्नु पर्ने भएको छ कि, यो अब ‘युक्रेन युद्ध’ मात्र हैन, ‘युरोप–रसिया’ युद्धमा रूपान्तरण भएको छ ।

फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग जुन व्यवहार गरे, त्यसलाई युक्रेनको मात्र हैन, युरोपकै अपमान, अपहेलना र सुरक्षा जोखिम मानियो । नेताहरूले युरोप अझै अमेरिकाको धम्की र दयामा बाँच्न विवश छैन भन्ने सन्देश दिन चाहेका छन् ।

भलै कि दोस्रो विश्व युद्धको अन्त्य यता अमेरिका ‘उदार लोकतन्त्र’, ‘नाटो’‘पश्चिम’को अवधारणाभित्र युरोपको समेत नेता रहँदै आएको थियो । अमेरिकी अपमानको सबैभन्दा नराम्रो तोड बेलायती प्रधानमन्त्री कियर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोँले अनुभूति गरे । त्यो बेला ती वासिङ्टनमै थिए ।

नेपाली उखान ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ भनेझैँ बेलायती प्रधानमन्त्री स्टार्मरले स्थितिलाई नेतृत्व गर्न खोजे । कुनै बेलाको विशाल र शक्तिशाली अङ्ग्रेज साम्राज्यको उत्तराधिकार देशको प्रधानमन्त्री हुनुको इख र गौरव सायद स्टार्मरको हृदयमा छँदै थियो ।

स्टार्मरले भटाभट केही रोचक र पेचिला काम गरे । उनले शनिबार जेलेन्स्कीलाई लन्डनमा न्यानो स्वागत गरे । युक्रेनलाई २.८ बिलियन डलर बराबरको युद्ध ऋण र थप आर्थिक सहायता दिने सम्झौता गरे ।

उनले राजा चार्ल्स तृतियसँग जेलेन्स्कीलाई भेट गराए । बेलायतका संवैधानिक राजा चार्ल्ससँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीको शिष्टाचार भेटको सायद साङ्केतिक अर्थ छ । बेलायत आफ्नो साम्राज्यकालीन इतिहास र गौरवलाई फेरि एकपटक स्मरण गर्दैछ । र, विश्वलाई यो भनिरहेको कि बेलायत युद्धमा युक्रेनको पक्षमा कटिबद्ध छ ।

नभन्दै बेलायतका दुई ठूला विपक्षी दलका नेता कन्जरभेटिभ पार्टीकी नेतृ किम बेडनोच र लिवरल डेमोक्रेटिक पार्टीका इड डाभेले लेबर प्रधानमन्त्री स्टार्मरका नीतिको समर्थन गरे । राजादेखि मूल राजनीतिक दलसम्म सबै एक ठाउँमा देखिए । स्टार्मरको सक्रियता र उत्साहको कारण बेलायतको आन्तरिक एकता पनि थियो ।

स्टार्मरले आइतबार लन्डनमा युरोपेली नेताहरूको आकस्मिक बैठक बोलाए । बैठकमा क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडो समेत सामेल हुन आए । इटालीको दृष्टिकोण र भूमिकालाई लिएर बाँकी युरोपमा आशङ्का थियो । किनकि इटालीकी दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनी अन्य कतिपय मामिलामा अमेरिकी राष्ट्रपति ट्रम्प नीति र धारणाकी समर्थक हुन् ।

तर, आइतबारको बैठकमा मेलोनी आफैँ आइन । उनले भनिन्– पश्चिमको विभाजनबाट हुने हानीलाई पाखा लगाउन म बैठकमा आएकी हुँ । युक्रेन अहिले अप्ठ्यारोमा छ र यो उसको मात्र हैन, युरोपकै अप्ठ्यारो हो ।

जर्मन चान्सलर ओलफ शोल्ड बैठकमा थिए । जर्मनीमा भर्खरै नयाँ निर्वाचन भएको छ तर, सत्ता हस्तान्तरणको प्रक्रिया बाँकी छ । नयाँ चान्सलर बन्ने निश्चितजस्तो देखिएका सिडियु नेता फ्रेडरिक मर्ज युरोप एकताको पक्षधर हुन् । शोल्जको उपस्थिति औपचारिक हो । मर्ज के भन्छन् भन्ने कुरामा धेरैको ध्यान छ । उनी युरोपको सार्वभौमसत्तामाथि अमेरिकी हस्तक्षेपको खुलेर विरोध गर्छन् । ग्रीनल्याण्डमाथि ट्रम्पको दाबीसँगै मर्जले युरोपेली सार्वभौमसत्ता र सुरक्षा चिन्ता व्यक्त गर्ने गरेका थिए ।

यसरी युरोपको नेतृत्व फेरि एकपटक बेलायत, फ्रान्स र जर्मनीले लिन खोजेका छन् । उनीहरूले रुस मात्र हैन, आवश्यक पर्दा अमेरिकाको विरुद्धमा समेत उभिन सक्छौँ भन्ने सन्देश ट्रम्पलाई दिन चाहेका छन् । युरोपको यस्तो सन्देशले अमेरिकाको ‘ट्रम्प रोमाञ्चकतावाद’ दबाबमा परेको छ ।

फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ यो नयाँ परिस्थितिका एक सारथी नै हुन् । उनी बेलायती प्रधानमन्त्रीसँग मिलेर युद्धको नयाँ समाधान दिने प्रयत्नमा छन् । बैठकपछि म्याक्रोँले भने, ‘पुटिनलाई हामीले युक्रेनमै रोक्नु पर्दछ । नत्र उनी मोल्दोभा र रुमानियातिर अघि बढ्ने छन् । यो युक्रेनलाई मात्रै साथ दिनु हैन, हामीले आफू स्वयंलाई साथ दिनु हो ।’

यसरी युरोपको नेतृत्व फेरि एकपटक बेलायत, फ्रान्स र जर्मनीले लिन खोजेका छन् । उनीहरूले रुस मात्र हैन, आवश्यक पर्दा अमेरिकाको विरुद्धमा समेत उभिन सक्छौँ भन्ने सन्देश ट्रम्पलाई दिन चाहेका छन् । युरोपको यस्तो सन्देशले अमेरिकाको ‘ट्रम्प रोमाञ्चकतावाद’ दबाबमा परेको छ ।

स्टार्मर, म्याक्रोँ, शोल्ज, मेलोनीट्रुडोका अतिरिक्त बैठकमा डेनमार्क, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, टर्की, फिनल्याण्ड, स्विडेन, रुमानिया र चेक गणतन्त्रका नेतासँगै युरोपेली आयोगकी अध्यक्ष उर्सला बोन डियरलाननाटोका महासचिव मार्क रुटे पनि सहभागी थिए ।

क्यानडा नाटोको दुई उत्तर अमेरिकी सदस्य राष्ट्रमध्ये एक हो । अमेरिका–क्यानडा सम्बन्ध ट्रम्पको आगमनपछि जोखिममा परेको छ । ट्रम्पले क्यानडामाथि २५ प्रतिशत निर्यात शुल्क लगाएका छन्, मंगलबारदेखि यो लागू हुँदैछ । साथै क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न दबाब दिइरहेका छन् । ट्रम्पले ट्रुडोलाई ‘क्यानडाका लागि अमेरिकी गभर्नर’ भन्ने गरेका छन्, जो क्यानडाली सार्वभौमसत्ताको ठाडो अपमान हो ।

सम्भवत यिनै पीडाको कारणले हुन सक्दछ क्यानडा युरोपेली देशको बैठकमा सामेल भएको छ । आइतबारको बैठकमा ट्रुडोको उपस्थिति अतिरिक्त थियो । मङ्गलबारदेखि ट्रम्पले अमेरिकाले युक्रेनलाई दिँदै आएका सबै प्रकारका युद्ध सहायता रोकेका छन् । बैठकको अन्त्यपछि प्रधानमन्त्री स्टार्मरले पत्रकार सामु भने, ‘यो कुरा हैन, काम गर्ने समय हो । हामीसँग अब सघनीकृत योजना छ । हामी युक्रेनलाई सबै प्रकारको सहयोग गर्ने छौँ । पुटिन युक्रेनबाट फिर्ता हुनु पर्दछ ।’

युरोपेली तनावको एकदमै सजिलो शुत्र छ । त्यो हो– पूर्वी र पश्चिम युरोपबीचको मनोवैज्ञानिक विभाजन । युरोपमा जति पनि युद्ध भएका छन् कि पश्चिम युरोपेली शक्तिले पूर्वी युरोपमा हस्तक्षेप गर्दा कि पूर्वी युरोपेली शक्तिले पश्चिमी क्षेत्रमा हस्तक्षेप गर्दा भएका छन् । रुस पूर्वी युरोपेली शक्ति अर्थात ‘युरेसियन शक्ति’ को प्रतीक हो, जसको हस्तक्षेपविरुद्ध पश्चिम युरोपले आइतबारदेखि आफूलाई एक बनाएको छ ।

आइतबारको युरोपेली नेताहरूको बैठकपछि स्थिति साँच्चै ‘तेस्रो विश्व युद्ध’ जस्तो हुँदै गएको देखिन्छ । पहिलो र दोस्रो विश्व युद्ध युरोपेली तनावकै कारणले भएका थिए । भनिन्छ– युद्ध युरोपले सुरु गर्छ र बाँकी विश्वलाई थोपर्छ ।

युरोपेली तनावको एकदमै सजिलो शुत्र छ । त्यो हो– पूर्वी र पश्चिम युरोपबीचको मनोवैज्ञानिक विभाजन । युरोपमा जति पनि युद्ध भएका छन् कि पश्चिम युरोपेली शक्तिले पूर्वी युरोपमा हस्तक्षेप गर्दा कि पूर्वी युरोपेली शक्तिले पश्चिमी क्षेत्रमा हस्तक्षेप गर्दा भएका छन् । रुस पूर्वी युरोपेली शक्ति अर्थात ‘युरेसियन शक्ति’ को प्रतीक हो, जसको हस्तक्षेपविरुद्ध पश्चिम युरोपले आइतबारदेखि आफूलाई एक बनाएको छ ।

नाटो महासचिव मार्क रुटेका धारणा भने थोरै भिन्न देखिए । बैठकपछिको पत्रकार सम्मेलनमा उनले जेलेन्स्कीलाई ट्रम्पसँग सम्बन्ध सुधारको निरन्तर प्रयत्न गर्न आग्रह गरेको बताए । नाटो अधिकारीका रुपमा उनी यसको विभाजन चाहिरहेका छैनन् भन्ने प्रष्ट बुझिन्छ । यसको अर्थ हो कि उनी अमेरिका नाटोमा न एक्लियोस् वा नबाहिरियोस् भन्ने चाहन्छन् । तर, निर्णायक क्षणमा नाटो अमेरिकी नेतृत्वको हैन, युरोपेली सैन्य सङ्गठन हुने सन्देश उनले बैठकमा भाग लिएर दिएका छन् ।

आयोग अध्यक्ष उर्सुला बोन डियरलानले भने युक्रेनलाई सबै प्रकारले सहयोग गर्नु युरोपेली सङ्घको कर्तव्य भएको बताइन् । 

बैठक आयोजना आकस्मिक भएको कारण आइतबार सबै युरोपेली देशका सरकार वा राज्य प्रमुख र प्रतिनिधि उपस्थित थिएनन् । तर, स्लोभाकियाका प्रधानमन्त्री रोवर्ट फिको र हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानबाहेक कुनै पनि युरोपेली नेता युक्रेनको सौदाबाजीको शर्तमा पुटिनसँग आत्मसमर्पण गर्ने पक्षमा देखिएका छैनन् ।

यहाँसम्मकी अमेरिकाका साझेदार देश मानिएका युरोपबाहिरका अष्ट्रेलिया र न्युजिल्याण्डसमेत युक्रेनको पक्षमा छन् । 

युरोपेली राष्ट्रबीच आकस्मिक र यति ठूलो ध्रुवीकरण हुने अपेक्षा सायद अमेरिका र रुसले गरेका थिएनन् । ट्रम्पले जेलेन्स्कीसँग गरेको अपमानपूर्ण व्यवहारले मस्को उत्साहित थियो । तर, परिदृष्य उल्टो हुँदै गएको देखिन्छ ।

दोस्रो विश्व युद्ध यता करिब ८ दशक पुराना आफ्ना साझेदार देशलाई छोडेर ट्रम्पले पुटिनसँग कुनै सम्झौता गर्छन् कि युक्रेन नीतिमा पुनर्विचार गर्छन् ? यो प्रश्न भने अनुत्तरित नै छ ।

आइतबारको युरोपेली नेताहरूको बैठकपछि मस्कोमाथिको दबाब भने बढ्ने छ । युरोपको एकता र सहकार्यपछि रुसका साझेदार देश त्यति धेरै बाँकी रहँदैनन् । कतिपय पूर्वसोभियतयुरोसियन देश रुसी प्रभाव क्षेत्र भयका कारण युरोपेली एकता र सहकार्यमा सामेल नहुन सक्दछन् । तर, ती मौन र तटस्थ रहने सम्भावना छ ।

सन् १९१८–१९२२ बीच रुसी बोल्शेभिकहरूले चर्को दमन गरेपछि युक्रेन सोभियत सङ्घमा सामेल हुन बाध्य भएको थियो । दुई युक्रेनी नेता निकिता ख्रुश्चेभलियोनिद ब्रेझनेभ सिङ्गो सोभियत सङ्घको सर्वोच्च नेता बनेका थिए ।

सन् १९९१ मा सोभियत सङ्घको विभाजनसँगै युक्रेन भिन्नै सार्वभौम देश बन्यो । सन् १९१८ को लेनिन नेतृत्वको रुसी लाल सेनाको आक्रमणको १०४ वर्षपछि पुटिन नेतृत्वको रुसले युक्रेनमाथि अर्को आक्रमण गरेको हो ।

पहिलो र दोस्रो विश्व युद्धको प्रारम्भमा युरोपेली देशले आफूबीच यसरी नै तीव्र ध्रुवीकरण निम्त्याएका थिए । अमेरिका पछिबाट मात्र जोडिन बाध्य भएको थियो । युुक्रेन युद्धको प्रारम्भदेखि नै अमेरिका मुख्य सारथी बन्यो र अन्य युरोपेली देश सहायक भूमिकामा थिए । 

आइतबारदेखि फेरि स्थिति पहिलो र दोस्रो विश्व युद्धको प्रारम्भिक अवधिजस्तै भएको छ । घटनाक्रम कसरी अघि बढदछ, त्यो त भविष्यले नै बताउला तर, स्थितिले निक्कै फरक र नाजुक मोड भने लिइसकेको छ । यो लडाइँ तेस्रो विश्व युद्धमा रूपान्तरण भइ नसके पनि अब यो ‘युरोप–रुस युद्ध’ बनेकोमा कुनै शङ्का रहेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register