यी ८ सङ्केत, जसले बुझाउँछ तपाईं सम्बन्धका लागि तयार हुनुहुन्न !

काठमाडौं । के तपाईं कुनै पनि सम्बन्धमा रहनको लागि तयार हुनुहुन्छ ? धेरै पटक व्यक्ति एक्लोपन वा समाजको दबाबमा हतारमा सम्बन्धमा रहन्छन् र पछि पछुताउँछन् । यदि तपाईं पनि कुनै सम्बन्ध सुरु गर्ने सोच्नुभएको छ भने पहिले यी ८ सङ्केतमा ध्यान दिनुहोस् । यदि यीमध्ये धेरै कुरा मिल्न जान्छ भने सायद अहिले तपाईंले आफ्नो लागि […]

Mar 4, 2025 - 10:41
 0
यी ८ सङ्केत, जसले बुझाउँछ तपाईं सम्बन्धका लागि तयार हुनुहुन्न !

काठमाडौं । के तपाईं कुनै पनि सम्बन्धमा रहनको लागि तयार हुनुहुन्छ ? धेरै पटक व्यक्ति एक्लोपन वा समाजको दबाबमा हतारमा सम्बन्धमा रहन्छन् र पछि पछुताउँछन् ।

यदि तपाईं पनि कुनै सम्बन्ध सुरु गर्ने सोच्नुभएको छ भने पहिले यी ८ सङ्केतमा ध्यान दिनुहोस् । यदि यीमध्ये धेरै कुरा मिल्न जान्छ भने सायद अहिले तपाईंले आफ्नो लागि समय दिनु आवश्यक छ ।

आफूलाई नचिन्नु

यदि तपाईंलाई अहिलेसम्म आफ्नो जीवनमा के चाहनुहुन्छ, के मन पराउनुहुन्छ, प्राथमिकता के हुन्, भन्ने थाहा छैन भने सम्भवतः तपाईं कुनै सम्बन्धको लागि तयार हुनुहुन्न ।

सम्बन्धमा रहनु अघि तपाईंले आफूलाई बुझ्न र समय बिताउन आवश्यक छ । अन्यथा, तपाईं आफ्नो पहिचान गुमाउन सक्नुहुन्छ ।

एक्लै खुशी रहन नसक्नु

के तपाईं केवल एक्लै बस्न नसकेर सम्बन्धमा रहन चाहनुहुन्छ ? यदि हो भने यो एक रेड फ्ल्याग हो । सही सम्बन्ध त्यो हो, जहाँ दुवै व्यक्ति खुशी रहन्छन् र एक–अर्कामा पूर्णरूपमा निर्भर हुँदैनन् ।

यदि तपाईं एक्लै खुशी रहन सक्नुहुन्न भने सम्बन्धमा रहेर पनि वास्तविक खुशी पाउन पाउनुहुन्न ।

पुरानो सम्बन्धबाट बाहिर निस्कन नसक्नु

यदि तपाईं अझै पनि आफ्नो एक्सलाई सम्झेर रुनुहुन्छ । उनीहरूको यादमा डुब्नुहुन्छ वा उनीहरूको सोसल मिडिया अकाउन्टहरू बारम्बार चेक गर्नुहुन्छ भने तपाईं नयाँ सम्बन्धको लागि तयार हुनुहुन्न ।

नयाँ सम्बन्धमा जानुअघि तपाईं आफ्नो पुरानो सम्बन्धको भावनाबाट पूर्णरूपमा बाहिर आउनु आवश्यक छ ।

प्रतिबद्धताको डर

के कसैसँग लामो अवधिको प्रतिबद्धताको विचारले तपाईंलाई डर लाग्छ ? यदि तपाईं कुनै सम्बन्धमा केवल मनोरञ्जन वा समय बिताउनको लागि रहन चाहनुहुन्छ र गहिराइमा जोडिन हिचकिचाउनुहुन्छ भने यो सङ्केत हो कि तपाईं अहिले गम्भीर सम्बन्धको लागि तयार हुनुहुन्न ।

कसैको दिल तोड्नुभन्दा राम्रो यो हो कि तपाईं पहिले आफ्नो भावनाहरू बुझ्नुहोस् ।

करिअर वा व्यक्तिगत विकासमा ध्यान 

यदि तपाईं अहिले आफ्नो करिअर, पढाइ वा आफूलाई सुधार गर्नमा ध्यान दिन चाहनुहुन्छ भने हुनसक्छ कि सम्बन्धलाई प्राथमिकतामा नराख्नुहोला ।

धेरै पटक व्यक्ति सम्बन्धमा आएर आफ्नो पेसागत वा व्यक्तिगत लक्ष्यहरूलाई बेवास्ता गर्न थाल्छन् र पछि पछुताउँछन् । त्यसैले यदि अहिले तपाईंको ध्यान आफ्नो भविष्य सुधार्नमा छ भने सम्बन्धमा रहन हतार नगर्नुहोस् ।

स्पेस र स्वतन्त्रता

यदि तपाईं त्यस्तो व्यक्ति हुनुहुन्छ, जसलाई एक्लै बस्ने स्वतन्त्रता, घुम्ने–फिर्ने र निर्णयहरू आफैँ लिने बानी छ भने सम्बन्धका लागि केही गाह्रो हुन सक्छ ।

सम्बन्धमा रहनुको अर्थ केवल प्रेम मात्र होइन, त्याग र एक–अर्काको भावनाको कदर गर्नु पनि हो । यदि तपाईंलाई कसैसँग आफ्नो जीवनको कुराहरू बाँड्न समस्या हुन्छ भने, केही बढी समय लिनु राम्रो हुन्छ ।

दबाबमा सम्बन्ध

धेरै पटक हामीलाई लाग्छ कि हाम्रा सबै साथी सम्बन्धमा छन् र केवल आफू मात्र एकल छु, तर यसको मतलब यो होइन कि तपाईं पनि सम्बन्धमा जानुहोस् ।

सम्बन्धमा रहनु एक ठूलो निर्णय हो र यसलाई केवल अरूको देखेर सिको गर्नु हुँदैन ।

धेरै आशा गर्नु

यदि तपाईंलाई एक सम्बन्धले मात्र तपाईंको जीवनलाई खुसी बनाउन वा पूर्ण गर्न सक्छ भन्ने लाग्छ भने यो सोच गलत हो । सत्य यो हो कि कुनै अर्को व्यक्तिले तपाईंको खुशी र आत्मसन्तुष्टिको ग्यारेन्टी लिन सक्दैन, जबसम्म तपाईं आफैँसँग खुशी हुनुहुन्न, तबसम्म कोही अरूले तपाईंलाई पूर्णरूपमा खुशी राख्न सक्दैन ।

सम्बन्धमा रहनु एक ठूलो जिम्मेवारी हो र यदि तपाईं बिना सोचविचार कुनै सम्बन्धमा रहनुहुन्छ भने यसले पार्टनर दुवैको लागि समस्या उत्पन्न गर्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register