नेतान्याहू भन्छन् – बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिनेछ

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा भिडिओ सम्प्रेषण गर्दै नेतान्याहूले गाजामा आईडीएफले करिडोर नियन्त्रण गरेको र आतङ्ककारीमाथि आक्रमण र पूर्वाधार नष्ट गरिरहेको बताए । उनले भने, “हामी अर्को कुरा पनि गर्दैछौंः हामी मोराग करिडोर कब्जा […]

Apr 3, 2025 - 10:16
 0
नेतान्याहू भन्छन् – बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिनेछ

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा भिडिओ सम्प्रेषण गर्दै नेतान्याहूले गाजामा आईडीएफले करिडोर नियन्त्रण गरेको र आतङ्ककारीमाथि आक्रमण र पूर्वाधार नष्ट गरिरहेको बताए ।

उनले भने, “हामी अर्को कुरा पनि गर्दैछौंः हामी मोराग करिडोर कब्जा गर्दैछौँ । यो एक अतिरिक्त फिलाडेल्फिया कोरिडोर अर्थात् दोस्रो फिलाडेल्फिया हुनेछ ।” नेतन्याहूले गाजामाथिको दबाब जारी रहने पनि बताए ।

बन्धकहरू फिर्ता नभएसम्म गाजामाथि दबाब बढ्दै जाने पनि उनको भनाइ छ । उनले गाजालाई विभाजन गर्न चरणबद्ध रूपमा दबाब बढाइ बन्धकहरू फिर्ता लिने विश्वास व्यक्त गर्दै बन्धक फिर्ता नगरेसम्म दबाब बढिरहने बताएका छन् । एएनआई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register