नारायणमान विजुक्छे मजदुर किसान पार्टीको अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौँ ।  नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छे सर्वसम्मत निर्वाचित भएका छन् ।  जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनिएको हो । पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो । ८५ वर्षका विजुक्छे […]

Mar 4, 2025 - 15:04
 0
नारायणमान विजुक्छे मजदुर किसान पार्टीको अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौँ ।

 नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छे सर्वसम्मत निर्वाचित भएका छन् । 

जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनिएको हो ।

पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।

८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register