कप्तान स्टिभ स्मिथले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाण्डौ, २१ फागुन । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यासको घोषणा गरेका छन् । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्मिथले ५० ओभरको क्रिकेटबाट सन्न्यास लिएका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा भारतसँग ४ विकेटले पराजित हुँदै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो । ३५ वर्षीय स्मिथले १ सय ७० ओडीआईमा [...] The post कप्तान स्टिभ स्मिथले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा appeared first on Jhapa Online.

Mar 5, 2025 - 08:06
 0
कप्तान स्टिभ स्मिथले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाण्डौ, २१ फागुन । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यासको घोषणा गरेका छन् ।

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्मिथले ५० ओभरको क्रिकेटबाट सन्न्यास लिएका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा भारतसँग ४ विकेटले पराजित हुँदै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो ।

३५ वर्षीय स्मिथले १ सय ७० ओडीआईमा ४३ दशमलव २८ को औसतमा १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ८ सय रन बनाएका छन् । उनले एकदिवसीयमा अस्ट्रेलियाका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको १२औं स्थानमा छन् ।

अस्ट्रेलियाले सन् २०१५ र २०२३ को एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्दा स्मिथ टोलीको सदस्य पनि थिए । स्टिभ स्मिथले ६४ पटक अस्ट्रेलियाको नेतृत्व गर्दा ३२ खेलमा जीत र २८ खेलमा हार बेहोरेका छन् भने चार खेल नतिजाविहीन भएको छ ।

नियमित कप्तान प्याट कमिन्स चोटका कारण टोलीबाट बाहिरिएपछि स्मिथले च्याम्पियन्स ट्रफीमा अन्तरिम कप्तानको जिम्मेवारी सम्हालेका थिए । स्मिथले टेस्ट क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।

The post कप्तान स्टिभ स्मिथले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register